ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बाँके, बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।भे १ त २९०१ नम्बरको काठ बोेकेको ट्र्याक्टरले म २ प ७०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४ वर्षीय सुमनकुमार थारू र सोही ठाउँका १५ वर्षीय सञ्जीत थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।

उनीहरुको उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टरका चालक फरार छन् ।