यसकारण बंगलादेशका राष्ट्रपति हामिद नेपाल आउदै

काठमाडौं , बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउने भएका छन् ।कात्तिक २६ गते मंगलबार काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा हमिद नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार दिने भ्रमण सकाएर उनी आगामी शुक्रबार स्वदेश फर्कने छन् ।