टुँडिखेल फिर्ता माग्दै मानव साङ्लो

काठमाडौं,काठमाडौं उपत्यकाको विशेष महत्व राख्ने सार्वजनिक खुला स्थान खुलामञ्चलाई खुल्लै राख्‍नुपर्ने मागसहित मानव साङलोले घेरिएको छ। विकासका नाममा विविध कारण देखइ खुम्चिँदै गएको टुँडिखेल र खुलामञ्चलाई जोगाउन माग गर्दै शनिबार मानव सांग्लोले टुँडिखेल घेरिएको हो। स्वच्छ वातावरण र खुलामञ्चलाई खुल्ला गर्नको लागि दबाब दिन बल पुगोस भनेर अकुपाइ टुँडिखेल अभियान सुरु गरी मानव साङलोले घेरिएको हो।

नागरिकस्तरबाट आयोजित यो अभियानलाई साथ दिन पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमालगायत सहभागी थिए।

पहिलो चरणमा टुँडिखेल अन्तर्गतको खुल्लामञ्च र दुई माजुमा भएको अतिक्रमणविरुद्धको अभियानमा सम्पदा संरक्षणको पक्षमा रहेकाहरू सहभागी भए। तीन महिनासम्म हरेक शनिबार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामूलक कार्यक्रम संचालन गरिने लिभेबल काठमाडौंका संयोजक सुसन वैद्यले जानकारी दिएका छन् ।