भारतले सीमा मिचेको भन्दै सुर्खेतमा निकालियो मसाल जुलुस

बिरेन्द्रनगर,सुर्खेत कालापानी,लिपुलेक,लिम्पियाधुरा भारतिय नक्सामा समावेश गरेको विरुद्ध स्वतन्त्र दलित विद्यार्थी संगठनले सुर्खेत विरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ ।

भारतले सार्वजानीक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक र कालापानी समावेश गराएको भन्दै  बिरोध गरिएको हो ।

मंगलगडी चोकबाट मसाल जुलुस निकालेर बिरेन्द्र चोकमा कोण सभामा परिणत भएको संगठनका  अध्यक्ष धन बहादुर  नेपालीले बताए ।

‘गो ब्याक ईन्डिया’को नारा सहित मसाल जुलुस निकालिएको थियोे । कोणसभामा संबोधन गर्दै अध्यक्ष नेपालीले भारतिय ज्यादतीका बिरूद्भ आम नागरिक एकताबद्भ हुनुपर्ने बताए ।

नेपालीले देशको रक्षाको लागि एवम स्वाधीनताको लागि सबै राष्ट्र भक्ति नागरिकहरु सिमा रक्षाा लाग्नुपर्ने   जिकिर गरे । नेपालमा सेना, ससस्त्र प्रहरीलाई सिमानामाा पठाउनु पर्ने  सिमाना पर्खाल लगाउनु पर्ने उनको भनाइ थियोे ।