सीमा नजिकको सहर नेपालगन्जमा घन्कियो ‘गो ब्याक ईन्डिया’को नारा

युवाहरूले भने आबश्यक परे देशका लागि बन्दुक बोक्न तयार छौँ (हेर्नुहोस् तस्विर)

नेपालगन्ज,बाँके,नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संगठन बाँके र अनेरास्वियु बाँकेले नेपालगन्जमा ‘गो ब्याक ईन्डिया’को नारा सहित बिराेध प्रदर्शन गरेकाे छ  । भारतले सार्वजानीक गरेकाे नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै  बिराेध गरेकाे हाे । 

भारतीय बिस्तारबाद बिरुद्द हाम्रो आन्दोलन,सिमा मिच्न पाइदैन , यस्ता छिमेकि चाहिदैन भन्ने नाराका साथ बिपी चाेकबाट सुरू भएकाे र्याली धम्बाेझीमा गएर टुंगिएकाे राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य  रतन शाहीले बताए ।

शाहीले “गो ब्याक ईन्डिया “को नारा लगाउदै युवा हरू सडकमा स्वतस्फुर्त उत्रिएकाे जानकारी दिए । उनले नक्सा नसच्चिएसम्मा बिराेध कार्यक्रम निरन्तर जारी रहने समेत  बताए ।

काेण सभामा संबाेधन गर्दै शाहीले नेपाललाइ अर्काे सिक्किमि करण गर्ने दुश्साहस भारतले नगरेकै जाति हुने जिकिर गरे । उनले देशका लागि नेपाली युवाहरू छाति थाप्न तयार रहेकाे भन्दै अाबश्यक परे बन्दुक बाेक्न तयार रहेकाे बताए । उनले मन्जित सिंहले लैनचाैरबाट याे सन्देश राम्राेसंग सम्प्रशेन गर्न सुझाए । 

त्यस्तै अर्काको देशको सिमा मिचेर यसरी आफ्नो नक्सामा राख्नु सरासर दादागिरी भएको युवा संघका पुर्ब केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघका नेता  किशाेर थापाले बताए । थापाले भारतले नेपालको स्वाधीनतामा आच आउने काम गरेकाे दावी गरे  । त्यो भारतले सच्याएन भने झनै कडा आन्दोलन हुने उनकाे चेतावनि थियाे । 

भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् ।