एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक
प्रकासित मिति : २०७६ कार्तिक २२, शुक्रबार ०८:१०
प्रकासित समय : ०८:१०
काठमाडौं, नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ ।
राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्दप्रसाद नागिलाले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा छ ।