किन बोलाए प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक ?

कारण यस्तो रहेछ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको  भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् ।

शनिबार दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।   बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विज्ञ र राजनीतिक दलका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।