कोहलपुरमा लाग्यो‘गो ब्याक ईन्डिया’को नारा,अनि जलाइयो मोदीको पुत्ला

कोहलपुर ।अनेरास्वियु बाँकेले काेहलपुरमा भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला जलाएकाे छ । भारतले सार्वजानीक गरेकाे  नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै माेदीकाे पुत्ला जलाएकाे हाे । 

 भारतीय बिस्तारबाद बिरुद्द हाम्रो आन्दोलन,सिमा मिच्न पाइदैन , यस्ता छिमेकि चाहिदैन भन्ने नाराका साथ भारत बिरोधी आन्दोलन भएको अनेरास्ववियू बाँकेका नेता राजेन्द्र बिस्टले जानकारी दिए  ।

 

अनेरास्ववियूले बाँकेको कोहलपुरमा “गो ब्याक ईन्डिया “को नारा लगाउदै बिरोध गरेको अनेरास्ववियू बाँकेका नेता राजेन्द्र बिस्टले जानकारी दिए ।

उनले अनेरास्वियु बाँकेकाे अगुवाइमा भएको बिरोध कार्यक्रममा भारतीय बिस्तारबाद मुर्दाबाद भन्ने नारा लगाउदै तत्काल नक्सा सच्याउन माग गरिएको बताए । बिस्टले अर्काको देशको सिमा मिचेर यसरी आफ्नो नक्सामा राख्नु सरासर दादागिरी भएको बताए।

भारतले नेपालको स्वाधीनतामा आच आउने काम गरेकाे छ । त्यो भारतले सच्याएन भने झनै कडा आन्दोलन हुने उनकाे चेतावनि थियाे । भारत बिरोधी आन्दोलनमा सयौं विद्यार्थीहरु उत्रिएका थिए।

भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् ।