वर्तमानमा शिक्षाको आवश्यकता किन ?

एक सन्दर्भ

विशेषगरी प्रकृति र समाजको यथार्थलाई बुझँदै जानेक्रममा मानवले आफना अनुभव तथा अनुभुतिबाट प्राप्त कुनैपनि ज्ञान,सिप र अभिवृतिलाई कार्यन्वयन गर्नेप्रक्रियालाई ज्ञान भनिन्छ । अनुभव प्रयोग चिन्तन र सोचाइ जस्ता माध्यामबाट मानिसले ज्ञान प्राप्त गर्दछ । यसरी प्राप्तगर्ने ज्ञानको माध्यामलाई र सिकेको ज्ञान, सीप, धारणालाई सिकाइ भनिन्छ ।

यस खालको ज्ञानको हस्तानान्तरण–प्रसारण एव्म उत्पादन गर्ने प्रक्रियागत माध्यम शिक्षा हो । सिकाई ज्ञान, सीप, अनुभव प्रणालीको प्रक्रियागत आधार हो । यो मानवीय सभ्यताको विकासको प्रारम्भ देखिहालसम्म निरन्तर चलिरहेको छ । नयाँ खोज, अनुसन्धान, आविश्कारको परिणाम स्वरुप शिक्षाको दायरालाई फराकिलो बनाइरहेको हुन्छ । व्यक्तिको सर्वाङ्गीण विकासका लागि अन्तरनिहित प्रतिभा तथा क्षमताको प्रस्फुटन गराउनका लागि शिक्षाको आवश्यकता पर्दछ ।

जहाँ प्रविधिले सिङ्गो ब्रहमान्डको ज्ञान तथा जानकारीहरु कोठा भित्र प्राप्त गर्न सकिने अवसहरु प्रदान गरिरहेको छ । व्यक्तिलाई बौद्धिक उन्नयन गर्ने परिस्थिति तयार गरिरहेको छ । ऐतिहासिक सभ्यताको परिदृश्यबाट नियाल्दा नेपाले दार्शनिक चिन्तन, ज्ञान निर्माण, परम्परा र सिकाइ सँस्कृतिको क्षेत्रमा उन्नत तथा सम्पन्न मूलुक निर्माण स गर्न सहयोग गरेको छ । विशेषगरी यसलाई २५ सयवर्ष अगाडीको बुद्ध दर्शनमा व्यवस्थित रुपमा व्याख्या समेत गरिएको छ ।

विश्वविद्यालय तहको शिक्षालाई रोजगारमूखी, पेशामूखी, तर्कमूखी एवम् खोज तथा अनुसन्धानमूखी बनाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रर्धात्मक विज्ञान तथा प्रविधियुक्त जनशक्तिले निर्माणगरी अरुलाई टकर दिन सक्ने क्षमतामुलक जनाशक्तिको आवश्यकता छ ।

जुन कुरामा अभ्यासमा आएर प्रज्ञा, शिल, समाधि, चिन्तनकारुप शिक्षाक्षेत्रको बहसमा हाल देखापरिरहेको इतिहास सावित छ । वर्तमानमा हामीले हासीलगरेको लोकतन्त्रात्मक राज्यप्रणालीको सवलीकरणका लागि शिक्षा अपरिहार्य भएको देखिन्छ भने शिक्षाप्रणाली भित्र पनि लोकतान्त्रीकरणको शिक्षा उतिकै आवश्यक छ । यसका लागि शिक्षा क्षेत्रको व्यापक सुधार तथा परिमार्जन गर्नु आजको आवश्यकता हो ।
अब शिक्षाको गुणस्तरता प्रदान गरी बाहिरी ज्ञानका साथै आत्माचिन्तन, जीवनको कार्य तथा अर्थ खोज्नेगरी रोजगारमुलक एवम् व्यावसायिक शिक्षामा जोड दिनेकाम गर्नुपर्दछ ।

जसले सिकाइका रुची, समाजको चाहाना, राष्ट्रको आकाङक्षा, अन्तराष्ट्रिय परिवेश एवम् समकक्षता पूरा गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नसक्नु पर्दछ । यसबाट आम नागरीकको चेतनामा अभिबृद्धि ल्याई मौलिक सभ्यता सँस्कृति, आचरण तथा व्यावहारको निर्माणमा जोड दिनेकाम शिक्षा गर्दछ ।

नेपालको परिवेशलाई नियाल्दै जाँदा गुरुकुल शिक्षा, पद्धतीबाट विकसित हँदै प्राविधिक तथा आधुनिक शिक्षा प्रणालीको विकासको गोरयाटो सम्म आईपुग्दा शिक्षा क्षेत्रले निकै नै आरोह, अवरोह पुरागरेको इतिहास सावित छ । शिक्षाको क्षेत्रमा विद्यमान शिक्षा एवम् कार्यक्रमहरु शिक्षामा समतामूलक पहँुच सनिश्चित गर्ने, शिक्षालाई रोजगारउन्मुख बनाउने हरेक लक्षहरु हासिल गर्ने तर्फ उन्मुख हुनुपर्दछ । नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक अधिकारका रुपमा स्थापित गरी आधारभुत तथा अनिवार्य एवम निःशुल्क शिक्षालाई प्राथामिकता प्रदान गरेको छ ।

आ.व.२०७६।०७७ को विनीयोजीत बजेटले माध्यामिक तह सम्मको विद्यालय शिक्षालाई निःशुल्क बनाउने कुराको नीति घोषणा गरेको भएतापनि शिक्षाक्षेत्रको लगानी भने निकै कम देखिन्छ । हाल सम्म शिक्षाक्षेत्रको विनीयोजीत बजेटको कुरागर्दा डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा १७ प्रतिशत बजेट छृटयाएको भएतापनि अन्ने सरकाले त्यसतर्फ ध्यान दिन नसकेको इतिहास छ । सबैका लागि शिक्षाको महत्वपूर्ण नारालाई आत्मासाथ गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नकालागि राष्ट्रिय स्तरबाट र अन्तराष्ट्रिय स्तरबाट प्रतिबद्धता जनाउनुपर्ने परिस्थिति जन्मिएको छ ।

औपचारिक, अनौपचारीक शिक्षालाई आधुनिक २१ औं शताब्दीसँग समयानुसार परिवर्तनशिल बनाउनका लागि शिक्षामा गुणस्तर सुधारगर्दै, गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न पर्ने आवश्यकता रहेको छ । विद्यालय तहमा व्यावसायिक सीपमूलक शिक्षा, नमुना विद्यालय सञ्चालन, शैक्षिक सुधार कार्यक्रमको कार्यन्वयन, अनुगमन, सुपरीवेक्षणलाई नतिजामुखी बनाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । विश्वविद्यालय तहको शिक्षालाई रोजगारमूखी, पेशामूखी, तर्कमूखी एवम् खोज तथा अनुसन्धानमूखी बनाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रर्धात्मक विज्ञान तथा प्रविधियुक्त जनशक्तिले निर्माणगरी अरुलाई टकर दिन सक्ने क्षमतामुलक जनाशक्तिको आवश्यकता छ ।

यसका लागि नेपालसरकार शिक्षामन्त्रालय, विश्वविद्यालय अनुदानआयोग, पाठ्यक्रम विकासकेन्द्र लगायतको सहकार्यमा बजेटको अधिकतम विनीयोजीत गरी त्यसको सदुपयोग तथा आर्थिक अनुशासनको कायममा रहेर तोकिएका शीर्षकमा नियमानुसार खर्चगर्दै उद्देश्य प्रक्रिया तथा रणनीतिको प्रयोग गरी ३ देखि ५ वर्षको विचमा हरेक तहको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने देखिन्छ । जसलेगर्दा ताजा एवम् नयाँ ज्ञान प्राप्त गर्ने अवसर आम सरोकारवालाले पाउँदछन । जसबाट हामीले चाहेको शैक्षिक प्रणालीमा आमूल परिवर्तन ल्याउने सम्भावना देखिन्छ ।

शिक्षाको नारा सबैका लागि शिक्षा भन्ने कुराले वर्तमान समयमा त्यति महत्वपूर्ण पाईदैन तर गुणस्तरीय शिक्षाले उक्त कुरालाई प्रार्थामकता प्रदान गर्दछ । शिक्षामा दिगो विकासको लक्ष्य समतामूलक तथा समावेशि गुणस्तरीय शिक्षाको सनिश्चितता तथा जीवनपर्यन्त सिकाइका अवसर लाई प्रवर्दन गर्ने अन्तराष्ट्रिय प्रतिबद्धता पुरागर्ने, दिगो विकासको लक्ष्य हासिलगर्ने, विद्यालय क्षेत्रविकास योजना तथा विश्वविद्यालय गुणस्तर प्रत्र्याबहनलाई कार्यन्वयनमा लाई शिक्षाको तहमा गुणस्तर सुधारको साधनका रुपमा विकास गरिनुपर्ने अपरिहार्यता देखिएको छ ।

शैक्षिक गुणस्तर सुधारमा मूख्य केन्द्रित रहेर बालबालिकाको समतामूलक पहुँच, सक्षमता अभिवृद्धि, व्यवस्थापन गुणस्तर सुधार, समता एवम समावेशिकरण, शिक्षक व्यवस्थापन, क्षमताविकास, विपदजोखिम न्यूनीकरणलाई मध्यनजर गरी सेवामूलक बनाउन सुधारगर्दै आधुनिकतामा स्पान्तरण गरिनु पर्ने देखिन्छ ।

उच्च शिक्षाको शासिकय संयन्त्रमा सुधार गर्ने अधिकार सम्पन्न उच्चशिक्षाआयोग गठनगर्ने, विश्वविद्यालयको प्राज्ञिक स्वायता तथा स्वतन्त्रतामा कुनै असर नपर्नेगरी सरकारले नियम तथा नियन्त्रण प्रणालीे अवलम्बन गरिनु पर्दछ । प्राविधिक तथा रोजगारमूखी शिक्षाको विस्तार, नयाँ संस्थाको निर्माण, अनुकुलका संयन्त्रहरु, शासकिय प्रणालीमा परिवर्तन गरी शिक्षालाई सीपसँग, सीपलाई श्रम्सँग, श्रम्लाई रोजगारी–उत्पादन–व्यावसाय, उत्पादनलाई समृद्धिसँग जोडने गरी हाम्रो शिक्षा प्रणाली तथा नीतिलाई अग्रगामी दिशानिर्देश गरिनुपर्दछ ।

उक्त प्राविधिक जनशक्ति उत्पादनमा पनि समाजविज्ञान, सामाजिक–व्यवावहार आचरण, नैतिकता, सामुहिक जीवनशैली जस्ता कुरामा विशेष ध्यान दिनेगरी शिक्षा तयार गर्नुपर्दछ । विद्यालयमा अनुकुल वातावरण निर्माणगरी स्वस्थ, स्वच्छ, सफा हरित सृष्टिमा भावी पुस्ताको अधिकार स्थापीतगर्नका, लागि शिक्षाको माध्यामबाट बृहत हरियाली कार्यक्रमको सञ्चालनमा जोड दिनुपर्दछ । शिक्षालाई विद्यालय चौघेराभित्र सिमित नराखि समुदायसँग जोडेर राष्ट्रिय विकासको सवाहक बनाउनुपर्दछ ।

त्यसकारण समुदायमा आधारित परियोजना, खोजअनुसन्धान अध्ययन, नव प्रवर्तनजस्ता सिकाइका तरिकाहरु शिक्षाले प्रदानगर्न सक्नुपर्दछ । किनकी हिजो हामी शिक्षण केन्द्रित थियौ तर आज सिकाइ केन्द्रित शिक्षकले शिक्षण गरी सहजीकरणगर्ने, बालबालिकाको सिकाइलाई सुनिश्चित गर्ने, सिक्नका लागि सिकाउने, निर्मावादी चिन्तनमा जोडदिने, खुल्ला प्रविधि भित्री सिकाइमा जोड द्दिनेकाम गर्नुपर्दछ ।

ज्ञान सीप तथा सूचनाका असिमित साधनहरुको उच्चतम प्रयोग गरी शिक्षा भित्रको विभेिदकरणको अन्त्येगदै नकारात्मकप्रभावहरुको निर्मूलतागरी सकारात्मक चिन्तन प्रणालीमा जोड दिनुपर्दछ । शिक्षालाई समाजमा रहेका असमानता, दुव्यर्वाबहार, भेदभाव तथा अन्धविश्वासको अन्त्य गर्नेकाम गर्नुपर्दछ । जसले निम्नकुराहरुमा जोड दिन्छ –

क) प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको विस्तार गर्ने ।
ख) कार्यमूलक सीप विकास तालिम प्रदान गर्ने ।
ग) एकिकृत प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदानगर्ने ।
घ) शिक्षामा गुणस्तर सुधारगर्न दक्ष जनशक्तिको व्यवस्थापन गर्ने ।
ङ) पाठ्क्रमलाई जीवनोपयोगी, सीपमूलक तथा व्यावहारीक बनाउने ।
च) गुणस्तर सुधारकार्यक्रमलाई प्राथमिकता प्रदानगर्ने ।
छ) शिक्षाक्षेत्रको व्यवस्थापकीय सक्षमता अभिबृद्धि गर्ने ।
ज) विश्वविद्यालय तहमा प्रभावकारी शिक्षा नीति लागुगर्ने ।
झ) खोज अनुसन्धान कार्यलाई प्राथमिकता प्रदान गर्ने ।
ञ) अनुगमन मूल्याङकन तथा सुपपरीवेक्षणमा जोड दिने ।
ट) परम्परागत शिक्षाको अध्ययन, वर्तमान शिक्षाको कार्यन्वयन भविष्यमूलक शिक्षाको खोज एवम् अनुसन्धान गर्ने ।
ठ) बालकेिन्द्रत, अपाङ्गमैत्री, उपयुक्त वातावरणको निर्माण गर्ने ।
ड) विज्ञान, पाविधि, इन्जिनिपरीङ्ग गणित अंगे्रजी विषयमा जीवनेपयोगी सिप तथा
प्रविधि शिक्षामा नैतिकता, आचरण, सौन्दर्यता समावेश गर्ने ।
ढ) आधुनिक वैकल्पिक, खुल्ला, अनौपचारीक शिक्षालाई व्यापक बनाउने ।
ण) म भन्ने भावनाबाट हामी भन्ने रमेरोको भावना बाट हाम्रो भन्ने भावनाको विकासगर्ने

शिक्षा मानवीय जीवनको महत्वपूर्ण आधार भएकाले वर्तमान समयमा शिक्षाको आवश्यकता भित्र गुणस्तरीय शिक्षाको आवश्यकता छ । हाम्रा नेताहरु किन प्राविधिक शिक्षा आजको आवश्यकता भनिरहेका छन् । प्राविधिक जनशक्ति देशलाई कति आवश्यक छ । कति उत्पादन गर्नुपर्ने हो, त्यो कुराको पहिचान नगरी थुप्रै जनशक्ति उत्पादन गर्ने हो भने फेरी पनि प्राविधिक धारको जनशक्ति बेरोजगार हुनेकुरामा दुई मत छैन् ।

देशले आवश्यक जनशक्ति वा खपत जनशक्ति उत्पादन गरी तत्काल उक्त जनशक्तिले कामगर्न सक्नेगरी रोजगार प्राप्तगर्ने गरी उत्पादन गर्नु अनिवार्य छ । नत्र फेरी राज्यमा साधारण शिक्षा अध्ययनगरेको जनशक्ति जस्तो हुनेकुरामा कुनै दुई मत छैन । होइन भने प्राविधिक शिक्षा त्यस्तो होस जुन आफैले गरिखाना सक्ने तर राज्यको मुख ताकेर बस्नु नपर्ने प्राविधिक शिक्षाको मूल्य मान्यता र आवश्यकता रहन्छ । सरकार तथा देशका नेताहरु एवम् राज्य संयन्त्रमा यो कुराको हक्का होस ।

उप–प्राध्यापक
म.प. विश्वविद्यालय
वागेश्वरी बहुमुखी क्याम्पस
कोहलपुर, बाँके