‘बाँदर’ भनेर जिस्क्याउने दर्शकसँग रिसाएका बालोटेलीले भने, ‘सानो मन हुनेले किन फुटबल हेर्नु ?

इटालियन क्लब ब्रेसियाका स्ट्राइकर मारियो बालोटेलीले सानो मन हुने सर्मथकलाई फुटबलबाट टाढै रहन आग्रह गरेका छन् । बालोटेलीले रंगका आधारमा आफुलाई गाली गर्ने सर्मथकको आलोचना समेत गरेका छन् ।

इटालियन सिरिए अन्तर्गत ब्रेसिया र भेरोनाबीच आइतबार राति भएको खेलका क्रममा दर्शकले बालोटेलीलाई रंगभेदी दुब्र्यावहार गरेका थिए । प्यारापिटमा रहेका दर्शकले बालोटेलीलाई ‘बाँदर’ भनेर जिस्क्याएका थिए । उनलाई बाँदर भनेर रंगभेदी गाली गरेको आवाज सहितको भिडियो फुटेजमा पनि स्पस्ट देखिएको छ । दर्शकले दुब्र्यावहार गरेपछि बालोटेली मैदानबाट निस्किएर बलले दर्शकलाई हानेका थिए । उनले तत्काल मैदान छाड्ने धम्की समेत दिएका थिए ।   

त्यतिवेला रिसले चुर बनेका बालोटेलीलाई सहकर्मी खेलाडीले सान्त्वना दिएका थिए । यस अटनालाई लिएर बालोटेली निकै दुःखी बनेका छन् । उनले समर्थकले रंगका आधारमा आफुलाई होच्याउनु संकिर्ण मानसिकता भएको बताए । उनले आफूले जति गरेपनि कहिल्यै इटालियन हुन नसकेको पनि बताएका छन् । बालोटेलीले टोलीका लागि एक गोल गरेका थिए । यद्यपी ब्रेसिया भेरोनासँग २–१ गोलले पराजित भएको थियो ।

इटाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी बालोटेलीमाथि यसअघि पनि रंगभेदी दुब्र्यावहार हुँदै आएको छ । फुटबलमा जति रंगभेदविरुद्ध अभियान चलेपनि त्यसले पूर्णता पाउन नसकेको बालोटेलीले बताएका छन् ।