दिशा बिहिन गन्तव्यको लक्ष्य बिहिन संघर्ष

“याे ध्रुवाणि परित्यज्य अध्रुवं परिषेवते।
ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेव च।।१३।।

अर्थ(जो निश्चिततालाई छोडेर अनिश्चितताको खोजि गर्छ उसले अनिश्चिततालाई हासिल पनि गर्दैन र निश्चिततालाई पनि गुमाउछ ।- चाणक्य

चाणक्य नितिको यो श्लोक पहिले पेश गरिसकेको भए पनि समय ले पुष्टि गरे पछि पुनस्आवश्यक ठानि प्रस्तुत गरियो। खास गरि कमरेड किरणले ूतत्काल बिद्रोह को संभावनाूभन्दै पार्टि फुटाएर जानू भयो लक्ष्यको किटान नगरि,रणनीति र कार्यनीति को मुर्तिकरण नगरि र परिस्थितिको आकलन नगरि नेतृत्व प्रतिको असन्तुष्टिको झोकमा प्राविधिक विषयलाई सैद्धान्तिकृत गरेर जसरि बिद्रोहको कुरा उठाउनु भयो  त्यो उहाको अनिश्चितता तर्फको कदम थियो ।

यो कुरा कुनै पुर्बाग्रहको निष्कर्ष नभई पार्टी फुटको ७ बर्षका अनुभवले पुष्टि गरिसक्यो। केही ९आफुलाई नेतृत्वले अपमानित गरेको अनुभुत गरेका साथिहरुको उक्साहटमा लागेर पार्टि फुटाए पनि बिच बाटोमै लात हानेर ठुलो हिस्सा साथिहरु अलग्गिए पछि र एक हिस्सा साथिहरु पुन मुल लाईमै एकतामा आईसके पछि क किरणको तत्काल बिह्रोह अनिश्चित हुन पुग्यो। क किरण भारतिय जेलबाट मुक्त भएपछि बालाजु भेला मै आशंकायुक्त विषय प्रस्तुत गर्नु भयो ।

त्यतिबेला नेपाली राजनितीक अवस्थामा आएको फेरबदल,शक्ति सन्तुलन मा आएको फेरबदल र अन्तर्राष्ट्रिय परिस्थितिको आकलन गरी कुनबाटो संभव छ भनी निष्कर्षमा पुगेका क प्रचण्डले पार्टि फुट्नबाट जोगाउन किरणको आशंका मेटाउन केहीकुरा अदृश्यमा राख्नु भयो, खरिपाटि भेलामा किरणको असन्तुष्टिले शिद्धान्तको जग हाल्यो जो पालुङटारमा दस्तावेजको रुपधारण गर्यो । फेरि पनि किरणलाई टाढिन नदिन प्रचण्डले आफुले बुझेको आन्तरिक बाह्य परिस्थितिलाई मौण राखेर दस्तावेजमा हेरफेर गरियो,उता बाबुराम भट्टराई ले गोबर मिसएको तरकारिूभनेर प्रचण्ड,किरण मिश्रित दस्तावेज को विरोध गर्नु भो।

उता संविधान घोषणा हुन नसक्ने र नेपाली राजनिती मा पहल पनि गुम्ने देखेपछि क प्रचण्डले परिस्थिति को यथार्थता र माओवादीको आगामि बाटो भनेर प्रष्ट राख्नु भयो ।

त्यसपछि पार्टिको औपचारिक फुटको सुरुवात भयो । तर किरणको मतभेद बिचार र राजनिती भन्दा सत्ता साझेदारिसंग थियो भन्ने धोविघाट घटनाले पुष्टि गर्यो । डा बाबुराम सहितको मोर्चा कसेर प्रचण्डलाई अल्पमतमा पार्नु र सरकारमा आफ्नो बर्चस्व कायम गर्न धोविघाट भेला गरे पनि किरणले सोचेजस्तो बहुमत पुगेन ।

फेरि पनि प्रधानमन्त्रीमा बाबुरामलाई प्रस्ताव गरेका क प्रचण्डले धोबिघाट पछि औपचारिक निर्णय गरेपछि डा बाबुराम प्रधानमन्त्री बन्नु भयो र मन्त्री मण्डल गठन गर्दा आफुले मागेका मन्त्रालय र मन्त्री दिनु पर्ने जिकिर गरे पनि प्रचण्डको सल्लाह बिना आफु सफल नहुने देखेर प्रधानमन्त्रीले माग पूरा गर्नु भएन। यी घटनाक्रम पछि क किरण प्रचण्डलाई पार्टि फुटाएर कम्जोर बनाउने सकिने विकल्पमा पुग्नु भयो । त्यसपछि किरणले सबै असन्तुष्टिलाई शिद्धान्तको जामा पहिराई औपचारिक रुपमा पार्टि फुटाई जानू भयो ।

तर अमेरिकाले सोभियत संघ सिध्याउन गोर्वाचेभको प्रसंशा गरेझै प्रचण्डलाई एक्ल्याउन किरणलाई उचाल्नेहरुले फुटको केही महिनापछि नै दोबाटोमै छोडेपछि सोभियत संघ विघटन पछि गोर्वाचेभ कै अवस्थामा क किरण पुग्नु भयो । भएको उपलब्धिलाई ईन्कार गर्दै र संभव भएको बाटो छोडेर असंभवता तर्फको यात्रा प्रचण्डलाई कम्जोर बनाउन त एकतहसम्म सफल भयो तर उहाहरुको अस्तित्वमा प्रश्नबाचक चिन्ह लागेको छ।

अर्कोतिर किरणले बिद्रोहको नेतृत्व गर्न नसक्ने ठोकुवा गरि आफ्नै नेतृत्वमा नयाँ पार्टि गठन गरेको नेकपा आजसम्म अलमलमै छ । बैज्ञानिक समाजवाद तथा एकीकृत जन क्रान्तिको कार्यदिशा बोकेको सो समूहको बैज्ञानिक समाजवादको लागि सामन्तवाद र पुर्व राजा संग कार्यगत एकता गर्नेको कुरा गर्नुले उसको अकर्मण्यता र अनिश्तता को पुष्टि गर्दछ। दलाल र गद्दारूको नाममा बिरोध गर्दै सत्ता बाहिरका दलाल , गद्दार र प्रतिगमनकारी लाई जानि नजानि मनोबल बढाउन सहयोग पुग्ने गतिविधि हरु हुनु दुर्भाग्य हो।

नेकपाले अख्तियार गरेको फौजि कार्यदिशा उसको रणनीतिसंग मिल्दैन बरु उल्टो छ। भ्रष्टाचार र अनियमिता बिरुद्धको संघर्ष सकारात्मक मान्न सकिन्छ । तर त्यहि काम राज्यको अख्तियार छदैछ  हिजो राजतन्त्र थियो राजाको आदेशमा देश चल्दथ्यो। आज हामी आफैले लडेर ल्याएको संविधान र गणतन्त्र छ।

गल्ति गर्ने कसैलाई पनि दण्डित गर्ने कानुन् छन्,हरेक पार्टिको आफ्नो बिचार योजना लागू गर्न संविधानमा ब्यबस्था छ । संविधान अनुसार न्यायिक काम गर्ने न्यायलय छन भने कर छल्ने,कर नतिर्नेलाई कार्यवाही गर्न कहि रुकावट छैन । भने टावरमा आगजनि पनि गर्नु परेन भने भ्रष्टाचा गर्नेलाई मोसो दलेर मिनाह गर्ने होईन बरु दण्डित गर्ने असुल गर्ने नीति सहि हुन्छ।

अन्तमा हाम्रो गन्तव्यको लागि अहिलेको संविधान कै बाटो सहिछ। हामी सबै लेनिनलाई भट्याउछौं भने लेनिवाद भने बहुमत जनताको मनो बिज्ञान र आवश्यकता को नेतृत्व गर्ने बिचार हो।वर्मान संविधान ले पनि हामी त्यो मौका दिएकोछ।समाजवादमा जाना बाटो खोलेको छ,त्यसको लागि कुनै पनि पार्टिले दुई तिहाई जनमत लाई विश्वास दिलाउनु पर्छ।

हामी आफैलाई कमजाेर  सावित होईन सबल र सक्षम सावित गर्न सक्दैनौं  । दुई कम्युनिस्टको गठबन्धनले दुईतिहाईको नजिक पुगेको अवस्था हो भने नेपालका कम्युनिस्टहरु सबै एक हुदा स्वतः दुइतिहाई पुग्ने छ र कम्युनिस्टको कार्यदिशा कार्यन्वयन गर्न सकिन्छ।यसमा कम्युनिस्ट सत्ता नरुचाउने आन्तरिक तथा बाह्य शक्ति सल्वाउनेछन् जसरि आज केही संकेत देखाएछन् ।

उनिहरुलाई पनि नैतिक रुपले त्यति सजिलो हुनेछैन । यदि इतिहास दोहर्याउन खोजे अन्तिम बिकल्प बिद्रोह हो त्यो जनबिद्राृह हुनेछ त्यस्को नेतृत्व कम्युनिस्ट पार्टिले गर्ने छ। अहिलेको संभव र ब्यबहारिक बाटो यहि हो । त्यसैले अनिश्चितताको लागि निश्चितता लाई नगुमाउ भन्दा बढि हुन्छ कि ?