जुन कार्यक्रमले झल्झल्ती जनयुद्ध सम्झायो

 

यतिबेला बिगत सम्झीरहेछु । भन्दा पत्यार नलाग्ला कहिलेकाँहीका बिगतका सम्झना पनि बहुत अपत्यारीया हुन्छन । हो त्यस्तै अपत्यारीको बिगत सम्झेर कहलिरहेछु । यो लेख्दै गर्दा मेरो उमेर जस्तै समय पनि जवान हुदैछ । हो युवा अबस्थामा आएर बाल्यकाल सम्झनु निक्कै महगो साबित हुदो रहेछ । यो त्यहि मुल्य चुकाईरहेछु ।

मिति २०७६ ७ ०६ गते यो कालिकोटको पचालझरना ४ जारकोट हो । कर्णाली नदिको किनारमा रहेको बगरे बस्ती जारकोट यो पालिकाको केन्द्र पनि हो । अलिपर कर्णाली आफनै रफतारमा बगिरहेछ । यता केहि हुल मानिस आफनो सपना सजाईरहेछन र सार्थ कजाईरहेछु म पनि …..।

पचालझरना खेलकुद बिकास समितिको आयोजनमा भएको कार्यक्रम हो , कर्णाली प्रदेश, कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भएको पचालझरना अध्यक्ष कप २०७६ हो । अध्यक्ष कप संयोग हो या समय मलाई थाह छैन तर यो कार्यक्रमले मनमा बेस्सकन ऐठन पारिरहेछ ।

यतिबेला १० बर्षे जनयुद्ध झलझल्ति सम्झीरहेछु । जनयुद्धले तय गरेका सपनाहरुको सम्झीरहेछु र सम्झीरहेछु ति सपनाका महायौद्धाहरुलाई । कर्णालीबासीका लागि अँध्यारोका बिरुद्ध चादनीको बिद्रोह बनेको जनयुद्ध सबैलाई मान्य थियो या थिएन इतिहासले फैसला गर्ने नै छ । तर म जस्ता युवाहलाई भने सचेत गराएको कुरा बिल्कुल भ्रम हैन । त्यस्तै म ९ बर्षको हुदो हुँ । यहि ठाउँमा पहिलो पटक कार्यक्रम हेर्न जाँदा खड्गबहादुर बिश्वकर्मा क प्रकाण्ड प्रमुख अतिथि हुनुहुन्थ्यो । अहिले उहाँ बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक ठुलो नेता तथा प्रबक्ताको जिम्मेवारीमा हुनुहुन्छ । त्यसबेला मलाई लाग्थ्यो नेपालमा माओवादी बाहेकका अरु कुनै पार्टी नै छैनन् ।

मेरो बालमस्तीष्कमा नराम्ररी छाप परेको थियो । धेरै जना माओवादी घरमा खाना खान आए भने लाग्थ्यो कतै ठुलो कार्यक्रम हुँदैछ वा कतै लडाँइ भिडन्त हुदैछ । लडाइँ भन्ने बित्तिकै मलाई खुब जात्रा आए जस्तै रमाइलो लाग्थ्यो । किनभने माओवादीका सेना देख्न पाईन्थे । ठुलाठुला हात हतियार, संगसंगै कलाकारहरुको बेजोड प्रस्तुतिहरु देख्न पाईन्थ्यो । धेरै माया गर्ने दाई, दिदीहरुको भब्य जामत देख्न पाईन्थ्यो । खुब रमाइला थिए ति पलहरु  गाउँ भरी सेना आउँदैछन है घरघरमा खाना पकाउनु भनेर ठुला बडाको घरमा गएर थर्काउदै उफ्रदै गाउँ डुल्न पाईन्थ्यो । राम लागेको भान हुन्थयो । उमेरले हो या परस्थीतीले गाउँमा माओबादी नभए नुन बिनाको तरीकारी जस्तै लाग्थ्यो । सानो उमेर छदा ओल्लो गाउँ देखि पल्लो गाउँ जान सिफारिस चाहिने त्यतिबेला म त माओवादी को मान्छे हो है भनेर आफुलाई हेप्ने ठुलठुला मान्छेलाई थर्काउन पाउनुको मजा नै बेग्लै थियो । उतिबेला एकजना वडा कमिटीको कमरेडले भन्दा सबैले भनेको मान्थे । अहिलेको जस्तो माननीयको जस्तो सम्मान त उ बेला जिल्ला कमिटी सदस्य हरुले पाउँथे र मान्थे पनि ।

एक घर एक माओवादी हुनुपर्छ भनेर चटकन च्युडा लगाउदा आफ्नै दाजुभाइले आफ्नै साख सन्तानलाई कुटेको अहिले पनि मलाई झलझली याद आउँछ । म एक सामान्य घरपरिवार र गाउँमा हुर्केको मान्छे हुनाले होला मलाई कालिकोटका त्यति नेताहरुको नाम सुनेको थिएन ।

सुनेको थिए त केबल, महेन्द्र बहादुर शाही अहिलेका मुख्यमन्त्री ,भरत बम (रणबिर) अल्किना बम , बिस्वप्रकाश, जीवन बुढा ,शक्ति बिक,(सगुन ) राजकुमार टक्कलाई देखेको र सुनेको थिए । केन्द्रिय नेता मध्य नाम सुनेका , प्रचण्ड , बाबुराम भट्टराई , बादल, देब गुरुङ , सिपि गजुरेल , मोहन बैध (किरण) नन्दकिशोर पुन (पासाङ) जनार्दन शर्मा, क.बिबिधको नाम मात्र सुनेको थिएँ ।

यी दिनलाई नियालेर हेर्दा वा सम्झिदा ,आज त्यही मञ्चमा , एकजना लडाकु कमान्डरलाई देखेँ र बिगत सम्झिन पुगेँ । हुन त त्यो मञ्चमा पुर्ब जनमुक्ति सेनाका लाडाकु मध्य सोही गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल,९क.बिस्वप्रकाश लक्ष्मी चौलागाईं क सैलेद्र क (पोषण) लगाएतका धेरै जनमुक्ति सेनाले नै मञ्च ओगटिएको थियो ।

र बाहिर मैले नचिन्ने जनमुक्ति सेनाका साथीहरू पनि थुप्रै हुनुहुन्थ्यो होला जस्तो मलाई लाग्छ । बिगतलाई फर्किएर हेर्ने हो भने हामिले दिएका बाचा कसम, र आम जनसमुदाय , सहिद , बेपत्ता , पिछडिएका , दलित , अपांग लागएतका थुप्रै परिवारलाई दिएका आश्वासन भनेका अहिले ब्यवस्था कै लागी थियो । तर यो ब्यवस्था पुर्ण रूपमा कार्यन्वयन गर्न सकिएन ।

हामी स्वत रुपमा बिफल भयौं यसमा दुई मत कसैको छैन । यो कुरा अहिलेका नेता कार्यकर्ताले सहर्ष स्विकार्नु पर्छ । जनमुक्ति सेनाको उचित ब्यवस्थापन गर्न सकिएन । चीनको जस्तो पुर्ण रूपमा गणतन्त्र राज्य स्थापना गर्न सकिएन, ल्याउन त गणतन्त्र नामको मुकुण्डो ल्याएर आइयो तर मनको जस्तो गर्न हाम्रै नेपाली शासक , भारतीय बिस्तारवाद, अमेरिकी साम्राज्यवादले दिएनन् । अझ त यतिसम्म आएपनी विभिन्न बहाना र हस्तक्षेप कै घेराबन्दी भित्र सिंगो सरकार र कम्युनिस्ट पार्टी छ । यो सबैले बुझेर , बेलैमा केन्द्रिय नेतृत्वले बुझ्न जरुरी छ ।

र अन्त्यमा पचालझरना अध्यक्ष कपमा प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही आउने भनेता पनि उहाँ चिन भ्रमणमा भएकाले उहाँ आउन सक्नुभएन । यो भ्रमण अझ सार्थक र फलदायी बनोस् हाम्रो कामना छ ।

र अन्य अध्यक्षकप मा पाल्नु हुने , प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य दुर्ग बहादुर रावत , बिशेष अतिथि जीवन बुढा लगाएत अतिथि, खेलाडी, खेलप्रेमी जनसमुदायलाई हार्दिक नमन । यो पचालझरना अध्यक्ष कपमा सहभागी पुरुष ९ र महिला ७ टिमलाई सफलताको शुभकामना । आयोजकले अझ कार्यक्रम सार्थक र इमानदारी साथ खेललाई भब्य बनाउनुहुनेछ । भन्ने आशा गरेको छु ।

धन्यवाद ।

पलाँता गाउँपालिका ९ थिर्पु कालिकोट