गैरआवासीय नेपाली सङ्घको नवौँ सम्मेलन सम्पन्न, अध्यक्षमा कुमार पन्त

काठमाडौं, गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन् ।निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश उनको समूहले विजय हासिल गरेको छ । पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्य थिए । पन्तले १२१७ मत प्राप्त गरे भने आचार्यले १०७० मत पाए ।

उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी भएका छन् । महासचिवमा डा हेमराज शर्मा, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका थिए ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी थिए ।