विमानस्थल तोडफोडमा संलग्न सांसद साह साधारण तारेखमा रिहा

जनकपुर, विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका हुन् ।

यसअघि शाह विरुद्ध जनकपुर विमानस्थलले विमानस्थलमा तोडफोड गरेको आरोपमा प्रहरीमा उजुरी गरेको थियो ।

सोमबार विमान उडानमा ढिलाइ भएको भन्दै शाहले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।
मंगलवार साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चार दिनको समय सकिएसँगै शुक्रवार अदालत पेश गरिएका साहको थुनछेक वहसपछि न्यायाधीश अर्यालको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।