सर्वाधिक पुरस्कार राशिको पचालझरना अध्यक्षकप २०७६ हुने

मुख्यमन्त्री शाहीले कपको उदघाटन गर्ने

कालिकाेट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६  हुने भएको छ । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ कातिक ६ गतेदेखि ८ गतेसम्मा हुने बताइएको हो । पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल,महिला भलिबल लगायतका खेलकुद हुने आयोजक संस्थाले बनाएको छ ।

पचालझरना खेलकुद बिकास समिति र गाउँपालिकाको आर्थीक सहयोगमा हुन लागेको प्रतियोगिता उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्ने बताइएको छ ।  कार्यक्रममा बिशेष अतिथि समाजिक बिकास मन्त्री दल बहादुर रावल ,प्रतिनिधि सभा सदस्य दुर्गा रावत,सासंद राष्ट्रियसभा सदस्य जिवन बुढा समेत उपस्थीत हुने बताइएको छ । त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सासंद कुर्मराज शाही , राष्ट्रियसभा सदस्य नरपति लुहार कर्णाली प्रदेश सासंद शुसिला शाही ,जिल्ला समन्वय समिति संयोजक अनिपाल शाही समेत उपस्थीत रहने आयोजकले जनाएको छ ।

 गाउपालिको इतिहासमा सर्बाधिक धन राशीको पचालझरना अध्यक्ष कप २०७६ मा खुला भलिबलतर्फका विजेताले १ लाख ८१ हजार ८ सय १८ रुपैया प्राप्त गर्ने छन । त्यस्तै द्धितिय हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया पुरुस्कार प्राप्त गर्ने बताइएको छ भने तितिय हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने जानकारी दिइएको छ ।

त्यस्तै गाउपालिकास्तरीय महिला भलिबलतर्फ प्रथम पुरुस्कार १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ भने द्धितिय तर्फ ५५ हजार ५ सय ५५ रुपैया रहेको छ । त्यस्तै तितिय हनेलाई २५ हजार २ सय ५२ रुपैया रहेको आयोजक संस्थाले जनाएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल मर्मका साथ हुन लागेकाे अध्यक्ष कपमा बिभिन्न खेल र स्थानिय नाँच झाँकी सहित संचालन हुने  बताइएको छ ।