बिप्लव नेकपाका कमान्ड ईन्चार्जसहित २१ नेता गिरफ्तार

दाङ, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड ईन्चार्ज बिरजंग सहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ( ४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो ।

त्यहाँ बिप्लवको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेकोबताइएको छ ।

पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा बिप्लवका दाइ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेता तथा कार्यकर्ता छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले बैठक भइरहेको स्थानबाटै उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 

बैठक भइरहेको सुचनाका आधारमा जिल्लाबाट नै टोली पठाएर पक्राउ गरिएको छ ।’ उनले भने ‘केन्द्रिय स्तरका नेताहरु नै पक्राउ परेका छन्। पक्राउ परेकाहरुबारे जानकारी संकलन गर्दैछौं । केही समयपछी उनीहरुबारे थप जानकारी दिनेछौं ।’