नेपाल-भारत सीमामा आतंककारी प्रवेश गरेको भारतीय प्रपोगाण्डा, नेपालले भन्यो जानकारी छैन

भारतिय सीमामा कडा सुरक्षा

काठमााडाैँ,भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले तिहारमा सम्भावित आतंकवादी हमलाका योजनाकार नेपाल हुँदै भारत छिर्ने क्रममा रहेको दाबी गरेको छ । एनआईएले सबुतसहित पाएको सूचना सार्वजनिक गर्दै पाँच जना आतंककारी नेपाल–भारत सीमामा देखिएको दाबी गरेको हो ।

आतंककारीले तिहारमा भारतका विभिन्न शहरमा विस्फोट गराउने विषयको रेकर्ड समेत पाएको जनाएको छ । एनआईएका अनुसार आतंककारीले पहिले नेपाल जाने र त्यसपछि दिल्ली पुग्ने उल्लेख गरेका थिए । एनआइएका अनुसार नेपाली सीमामा पाँच आतंकवादीहरु सेतो रंगको डिजायर कारमा देखिएको जनाएको छ ।

एनआइए आतंककारीहरु विरुद्ध कारबाही गर्न सबैभन्दा ठूलो अनुसन्धान एजेन्सी हो । एनआईएले यसरी सूचना बाहिर ल्याएको यो पहिलो पटक हो ।

यता, भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार नेपाल भारत सीमामा सुरक्षा बढाइएको छ, भने आउनेजानेमाथि निगरानी समेत बढाइएको छ । तर, नेपाली पक्षलाई भने कुनै जानकारी नआएको गृहमन्त्रालयले बताएको छ ।