यसरी बिरामीलाई फलफुल बाँडेर मनाइन् नेतृ हमालले आफ्नो जन्मदिन

बिरेन्द्रनगर ,सुर्खेत अखिल क्रान्तिकारी केन्द्रीय सदस्य यूवा नेतृ तिर्सना हमालले आफ्नो जन्मदिन बिरामीलाई फलफुल बितरण गरेर मनाइएकी छन । जुम्ला घर भई हाल सुर्खेतलाई कर्मथलो बनाउदै आएकी हमालले करिब ८० जना बिरामीलाई फलफूल वितरण बितरण गरेर जन्मदिन मनाएकी हुन ।

आफनो जन्म दिनको अबसरमा हमालले कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत ८ण्द भन्दा बढि बिरामीलाई फलफूल वितरण गरिन ।

मानवीय धर्म अंगिकार गर्दै नेतृ हमालले जुम्लाको अर्गानिक स्याउ, केरा, सुन्तला लगायत वितरण गरिएको बताइन । उनले परम्परामाथीको बिद्रोह भएको समेत दावी गरिन । हरेक नागरिकले यसरी नै मानबिय सेवामा जन्म दिन मनाउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा जुम्लाका नेता कार्यकर्ताहरुको सहभागितामा रहेको थियो । उक्त कार्यक्रममा सहभागि नेकपा जुम्ला जिल्ला अध्यक्ष सुरेश पहाडीले लामो समय विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएकी हमालको कार्यले सबैलाई प्रेरणा मिलेको बताए ।

यस्तै प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानमा उपचार गराईरहेका विरामीलाई फलफूल वितरण गरेकोमा धन्यवाद प्रकट गरे । नेतृ हमालमा अहिले मध्य पश्चिमाञ्चल विश्व विद्यालयमा संठगन ईन्चार्ज छिन् ।