वृद्धवृद्धालाई गएर सोध्नुस, परिवर्तन भएको छ कि छैन ? – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेहरु प्रति आक्रोश व्यक्त गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन ।

उनले भने, सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति थियो । फरक नपरेको होला तर बुढाबुढीहरुलाई गएर सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन ? वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भइरहेको, गरिबी निवारण भइरहेको प्रधानमन्त्रीले दाबी गरे।

वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको शुरु गर्दा पनि आलोचना गर्नेहरु प्रति तिब्र रुपमा असन्तुष्टि जनाएका छन ।