नेकपाको चियापानमा पुर्वमाओबादी भन्दा एमाले हाबी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापानमा पूर्वएमाले नेतामात्र हाबी भएका छन्। दसैं तिहारलगायत चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको चियापानमा पूर्व एमाले तर्फका नेताको जमघट बढी छ भने पूर्व माओवादी खेमाका नेताको उपस्थिति कमजोर देखिएको हो।

दुई पार्टी मिलेर नेकपा बनेपछिको पहिलो चियापानमा पूर्वएमाले खेमा हावी भएको हो। भृकुटीमण्डपमा आयोजना गरिएको चियापानको ‍आरम्भमा स्वागत भाषण गरेका प्रचण्ड पनि विशिष्ट अतिथिलाई स्वागत गर्दा भने देखिएका थिएनन्।

चियापान कार्यक्रम चलिरहँदा पूर्वमाओवादी खेमाबाट गृहमन्त्री रामबहादुर थापा बादल मात्र मञ्चमा थिए । पूर्व एमालेका तर्फबाट भने प्राय सबैजसो नेताहरू चियापानमा सक्रिय सहभागिता जनाएका थिए ।