डिप्रेसनको समस्याबाट बच्न ओखर खानुस

यस्ता छन् अन्य फाइदाहरु

काठमाडौं । अमेरिका गरिएको एक अध्ययन अनुसार नियमित ओखर खानाले डिप्रेशनको खतरा कम हुन्छ र एकाग्रताको स्तर राम्रो हुँदै जान्छ । क्यालिफोर्नियाको अनुसन्धानकर्ताहरुले नियमित ओखर खाने मानिसहरुमा डिप्रेसनको समस्या २६ प्रतिशत कम पाइएको छ ।

यो अध्ययन न्युट्रेन्ट जर्नलमा प्रकाशित गरिएको छ । अध्ययनमा नियमित ओखर खाने मानिसहरुको शरीरमा उर्जा बृद्धि हुन्छ, साथै एकाग्रतामा सुधार ल्याउँछ ।

युनिभर्सिटीको प्रमुख सोधकर्ता लेनोर अरबले एक अध्ययनलाई उल्लेख गर्दै भनेका छन्–‘अध्ययनमा सामेल गरिएका ६ जना युवाहरुमा एक जना चाँहि डिप्रेसनको सिकार भएको पाइएको छ । यसबाट बच्नका लागि विभिन्न आर्थिक उपयोगीताहरुको आवश्यकता, खानपानमा परिवर्तन आदि आवश्यकता पर्दछ ।’

सोधकर्ता अरबका अनुसार यस अध्ययनमा २६ हजार भन्दा बढी अमेरिकी युवाहरुलाई सामेल गरिएको थियो । यस्ता छन् नियमित ओखर खाँदा स्वास्थलाई हुने फाइदाहरु‘।

– क्यान्सर र हृदय रोगबाट बचाउँछ

ओखरको नियमित सेवनले क्यान्सर, हृदयघात रोगलगाएतबाट पनि बचाउँछ । यसका साथै कोलेस्ट्रोल पनि कम गर्न सहयोग गर्छ ।

–शुक्राणु गुण बढाउन मद्दत गर्छ

विश्वभर पुरुषहरुको शुक्राणु गुणको समस्या ठूलो समस्याको रुलमा लिइन्छ । वैज्ञानिकहरुका अनुसार पुरुषहरुको शुक्राणुगुण बढाउनका लागि धेरै उपायहरु छन् । अध्ययनमा पनि ओखर सेवन गर्नाले पुरुषहरुको शुक्राणु गुण बढ्ने बताइएको छ । रिसर्चको आधारमा ७५ ग्राम ओखरको सेवन गर्दा २१ देखि ३५ वर्षबीचका युवाहरुको शुक्राणु गुणमा बृद्धि हुने गरेको पाइएको छ ।

–ओखर एन्टिअक्सिडेन्ट पनि हो

ओखर खाँदा जति मिठो हुन्छ, उत्तिकै ओमेगा–३ फ्याट्टी एसिड–अल्फा–लिनोलेनिक एसिडको सान्दार श्रोत पनि हो । त्यस्तै ओखरमा माइक्रो–न्युट्रिशनहरु पनि पाइन्छन् ।