अछाममा भालुको आक्रमण वाट एक जना घाईते

अछाम, अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।भालुको आक्रमण वाट जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डुङलाका १६ वर्षीय रन चलाउने घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।शनिबार घर लिपपोत गर्न माटो ल्याउन घर देखि टाढाको जंगलमा गएका उनलाई जंगली जनावर भालुले आक्रमण गर्दा उनको टाउको, अनुहार र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी हवल्दार कृष्ण धामीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइते चलाउनेको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल अछाम लगेको प्रहरीले जनाएको छ।