मटेहियामा निशुल्क स्वास्थ्य शिविर सुरू, सासंद गहतराजले भने सचेत रहनुस

बाँके, बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले नरैनापुर गाउँपालिका वार्ड नँ ५ मटेहियामा निशुल्क स्वास्थ्य शिबिरको उद्घाटन गरेका छन ।

प्रमुख अतिथी समेत रहेका साँसद अथकले बिकट मानिएको नरैनापुर स्वास्थ्य शिबिरको उदघाटन गरेका हुन । उक्त क्षेत्रमा स्वास्थ र लागुऔषधका बारेमा जनचेतनामुलक कार्यक्रमहरु सँचालन गर्न जरुरी रहेको बताउदै समाजका अगुवा नागरिक समाज सँघसँस्था र राजनितिक दल स्थानिय सरकारलाइ जागरण अभीयानका लागि अग्रसरहुन आह्वान गरेका थिए ।

साँसद अथकले नेपालमा डेङ्गु रोग भीत्रिइ सकेकाले यस प्रति सचेत रहन आग्रह गरे । सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा क्षेत्रिय प्रहरी अस्पतालको आयोजनामा सँचालित एक दिने स्वास्थ्य शीबिरमा डेङगु छाला रोग महिलाको पाठेघर सुगर प्रसर लगायतका रोगहरुको परिक्षण गरिने र त्यसका लागि ल्याबको समेत ब्यवस्था रहेको सामुदायिक प्रहरी नेपालगँजका प्रमुख दिपेन्द्र जोसीले जानकारी दिए ।

कार्यक्रममा ५ नँ प्रदेश सासद कृष्णा के सी नमुना नरैनापुर गापा अध्यक्ष इस्तियाक अहमद साह लगायतले मन्तव्य राखेका थीए ।