मोटरसाइकल सिक्न चाहनुहुन्छ…?

यसरी सजिलै सिक्नुहोस मोटरसाइकल

काठमाडौं, आज शनिबार सार्वजनिक बिदाको दिन। तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ।त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति राख्नुभयो भने सजिलै मोटरसाइकल सिक्न सक्नुहुनेछ।

यसरी सजिलै सिक्नुहोस मोटरसाइकल

– तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ। तसर्थ, म सिक्न सक्छु भन्ने मानसिकता बनाउनुहोस्।

– तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला । सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ ।

– हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस्। बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस् ।

– शुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस् ।

– शुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन् ।