स्यालले लखेटेको डमरु लोकतन्त्र !

दुनियामा सामन्तबादको निषेध गरेर पुजीवाद उदायो । पुजीवादको निषेध गरेर समाजबाद उदाउछ तर हाम्रो जस्तो स्रोत साधन कला प्रतिभा उर्बर शक्ति भएको मुलुकमा उदार पुजिबादको मुकुण्डो भित्र लुकेर बैज्ञानिक निति बोकेर सामन्तबादको बिकास हुन थालेको देखिन्छ ।

हिमालय खण्डमा बिकसित साँस्कृतिक आचारणसग बिकसित चिन्तन पुरानो सामन्ती संस्कार र उत्पादन बितरण यथावत अहिलेसम्म नबिनतम तरिकाले सहकारी निजि सहकारी उर्जा बिकासका प्रारम्भिक रूपमा पुनर्जीवित बन्न थालेको छ ।

सरकारले संविधानबाट समाजबादमा जाने भनेर लेखेता पनी स्वास्थ शिक्षा कृषि बन पैदावर निकासी पैठारी हरेकमा उदार आर्थिक प्रनालीमा विकसित दलाल सामन्तबादको इकाइहरु केन्द्रित तरिकाबाट बिकेन्दृत रूपमा बिकास भएर जान थालेका छ्न । हामी माक्र्सबादी चिन्तन भएका कम्युनिस्टको बुझाई यस्तै नबुझाउनु र नबुझ्नुको कारण प्रतिगमनकारी सकृय हुनुको एउटा कारण हो।

काल परिस्थिति र देश परिवेश अनुसार बैज्ञानिक प्रयोगलाई नै माक्र्सवाद भनिएको हो । अतत माक्र्सवाद भनेको मानव सभ्यताको बिभेदकारी शासकिय स्वरुपलाई बदलेर मानव सभ्यताको शसकिय स्वरुप निर्माण गर्ने बैचारिक अस्त्र हो। अर्को कुरा माक्र्सवादको अध्यन प्रयोग गर्ने तवर तरीकामा देखिएको समस्या अबैज्ञानिक्ताको प्रमुख समस्या देखिन्छ । माक्र्सवादलाई सृजनात्मक प्रयोग भनेर मनोगत उग्रता र क्रान्तिकारीताको नाममा जडसुत्रबादको सिकार हुने देखिन्छ ।

अहिलेको बिकसित बिश्व आर्थिक उदारीकरण साँस्कृतिक अतिक्रमण सैनिक हस्तक्षेप देखि पछिल्लो अबस्थामा देखिएको बिज्ञान प्रबिधिको बिकास र मजदुर किसान उत्पीडित बर्ग समुदाय माथी भैहिरहेको श्रम शोषण सैनिक साम्राज्यवाद र सामाजिक साम्राज्यवादको नबउदयको कारण माक्र्सवादको बैज्ञानिकक्तालाई क्रान्तिकाकारिले बैज्ञानिक प्रयोग गर्न नसक्नुको कारण जडता र मनोगत अराजकताको प्रमुख सिकार बन्नुपरेको अवस्था हो।

बिश्व साम्राज्यवादी उत्पादन प्रणाली र मजदुर बर्ग

जतिबेला माक्सले सामन्तबाद र साम्राज्यवादका विरुद्धमा बिश्व सर्बहाराबर्गले सफलता हासिल कसरी गर्न सक्छ भन्नेबारे कम्युनिस्ट घोषणपत्रमा उल्लेख गर्नुभयो । त्यतिबेला देखिनै साम्राज्यवादले बिश्व ब्यापार उत्पादन प्रणाली र बितरण प्रणालीलाई बदलेर केन्द्रित र संगठित मजदुरलाई बिकेन्दृत बनाउने र उत्पादनको श्रोत साधन र शक्तिलाई बदलेर उदार पुजीवादमा बिकास गरेपछि कम्युनिस्ट आन्दोलनमा देखिएको अक्रमन्यतालाई चिर्ने कुरामा सैद्धान्तिक कन्फ्युजन देखिन्छ ।

रुसी अक्टोबर क्रान्ती चिनिया नौलो जनबादी क्रान्ति कोरिया र भियतनाम लगायतका देश र त्यो बेलाको बिश्व अर्थिक प्रणाली अनुसार अबको साम्राज्यवादले बिश्वब्यापी बिकास गरेको आर्थिक राजनीतिक सामाजिक सस्कृतिक अतिक्रमण र उत्पीडित राष्ट्र जनसमुदायको मुक्तिको प्रसङ्ग धेरै गम्भीर र महत्त्वपूर्ण बनेर आएको छ । हिजोको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र साम्राज्यवाद अहिले भिन्न बनेर आएको छ । साम्राज्यवादको अहिले प्रवृत्तिगत रूपमा फरक बनेको छ । सोही अनुसार क्रान्तिकारी आन्दोलनमा बिकाश गर्न सकिएन भने साम्राज्यवादले अर्थ्याइयको माक्र्सवाद असफल साबित देखिने छ।

नेपाली राजनीतिमा देखा परेको भ्रम र बास्तविकता 

नेपालको राजनीति बृतमा देखापरेको समस्या सामन्तबाद र प्रजातान्त्रिक आन्दोलनको रुप र सारमा बुझ्ने समस्या नै प्रखर समस्या देखिन्छ । २०४६ साल भन्दा अगाडिको आन्दोलन अस्थिरता सम्झौताको बीचमा उहीँ पुरानै पद्धतिमा नाम र परिणामको तादम्यतालाई स्वार्थमा राखेर बिदेशी चलखेल र अस्थिरता उत्पादन गराउन खोजी रहि आएको थियोे । त्यस्ले कुनै नयाँ परिवर्तन गर्न सकेको थिएन ।

२०४६ सालमा भएको जन आन्दोलन र त्यसपछि स्पष्ट बहुमत प्राप्त गरि सत्तामा पुगेको राजनीति शक्ति नेपाली काग्रेस र नेपाली काँग्रेसको बैचारिक कन्फ्युजनको कारण २०५२ सालमा जनयुद्धको सुरुवात हुनु स्वभाबिक र बाध्यता देखिन्छ । त्यसपछि देखिएको जनयुद्धलाई अगाडि बढाइ राखेको शक्तिमा देखिएको बैचारिक कन्फ्युजनको कारण साम्राज्यवाद र सामाजिक साम्राज्यवादको रणनीति तथा कार्यनीतिलाई बुझ्न नसक्नु नै गम्भीर त्रुटि देखिन्छ ।

ओवादीको शान्ति प्रक्रियामा आएपछि संविधान सभाको चुनाव र संसदिय निर्वाचनलाई एउटै ढर्रामा राखेर बुझ्नु सेना समायोजन गर्दा साम्रज्यबादिले खेलेको अस्थिरताबादी चातुर्यतालाई नेपाली राजनीतिमा बुझ्ने कोसिस नगर्नु नै मुख्य समस्या रहेकोे छ ।

बिद्रोह र अस्थिरतालाई कायमै राखेर आफ्नो राजनीति स्वार्थ पूरा गर्ने पश्चिमा साम्राज्यवाद र नजिकका सामाजिक साम्राज्यवादि मुलुकलाई धुरिमा राखेर आफ्नो बाक्लो उपस्थिति देखाउने र आफ्नो उदेश्य पुरागर्न गरिएको रणनीतिमा तत्कालीन एमाले माओवादी र काग्रेस समेतलाई प्रयोगमा ल्याएर अस्थिर संविधान लेखिएको हो । जनमुक्ति सेनाको प्रमाणिकरण भित्रमा योग्य र अयोग्य भनेर एउटा गहिरो बिद्रोहोको फण्डिङ तयारी गरियो ।

सत्तामा पुगिसकेका कम्युनिस्ट क्रान्तिकारीहरुलाइ कसरी कम्युनिस्ट राज्य ब्यबस्थाको निर्माण गर्ने भन्नेमा भन्दा कसरी दलाल पुजीवादी बिचौलिया भुमाफिया बराबर आफ्नो हैसियत कायम गर्न सकिन्छ भन्नेमा कसरत बढी गर्न थालेका कारण नेपालमा सत्ताधारी कम्युनिस्टहरुलाइ राजनीति कन्फ्युजन र प्रतिक्रियावादी समाजबादी मौत चिन्तनको वृद्धि बिकास हुनु र कम्युनिस्ट आन्दोलन वर्गसंघर्ष सङ्कट पर्दै गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टी निर्माणमा देखिने समस्या 

नेपालमा २००६ सालदेखि २०७० सालसम्मको इतिहासमा कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी तप्का दक्षिण पन्थी अब्सरबादी तप्का र राष्ट्रिय आत्मसमर्पणबादी तप्काको धेरै हालीमुहाली र अन्तरबिरोध चल्दै र संघ संगठनका रुप बन्दै आएको छ ।

२०२१ सालदेखि २०२६ सालसम्म चलेको बारा पर्सा रौतहट काठमाडौ लगायतका महान किसान बिद्रोह र त्यसको इतिहासमा समेतको बैज्ञानिक तवरले ब्यबस्थापन गर्नको अलवा क्रान्तिकारी तप्का मनोगत उग्रताको चचहुइमा चढेर झापा बिद्रोह र दमन र हत्याको बैज्ञानिक प्रतिरोध गर्न नसकेर दक्षिण पन्थी अबसरबादी सिद्धान्तबाट प्रभावित बनेर आत्मसमर्पनबादीकोनमा परिनत हुनु क्रान्तिकारी अर्को शक्तिको उदय अनिवार्यसगै काग्रेसको कन्फ्युजन र अकर्मण्यताको कारण जन्मिएको असन्तुष्टि स्वरुप जनयुद्धको उदघोष भएको बुझिन्छ ।

त्यसमा पनी देशी विदेशी तत्वको घुसपैठ हुनु जस्ले दक्षिण पन्थी आत्मसमर्पणबादमा परिनत हुनु लगत्तै क्रान्तिकारी शक्ति निर्माणमा देखिएको अकर्मण्यतासगै दुइ ठुला सुधारबादी तत्व बीचमा एकता र चुनावले जनतामा बिभ्रम पैदा गर्नुले लामो असर रहनुपर्ने स्वभाबिक छ ।

बर्तमान संविधानले नितान्त प्रतिक्रियावादी अराजकता अस्थिरता र झनै अकर्मण्यतासगै राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको मुद्दामा भयंकर कन्फ्युजन पैदा गरेको छ । यो संक्रमणकाल लामो समयसम्म रहिरहे प्रतिगमन तथा अर्को भयावहको युद्धको सुरुवात हुने संकेत गरेको छ । बर्तमान संविधान मुलुक राष्ट्रको हितकोलागि बोल्यो वा अन्तर्राष्ट्रिय एनजीओले फन्डिङ्ग गरेको कोन्ट्रा बिद्रोहको सङ्केत गर्‍यो अबको बैज्ञानिक बहस र छलफल हुनुपर्छ ।

मार्क्सवादी आन्दोलनमा देखिएको उच्चता र महत्त्व ।

नेपालको संविधानको मुल प्रस्ताबनामै लेखिएको छ । समाजबाद उन्मुख भनेर महत्त्वपूर्ण कुरा के हो भने समाजबादमा पुग्नाको लागि गरिने कसरत र संघर्स कसरी बढेको छ । भन्नेकुरा सरकारले ल्याउने आर्थिक नितिले तय गर्ने गर्छ । उदारबादमा टेकेर पुजीवादको परिकल्पना गर्नु प्रतिक्रियावादी समाजबाद निर्माण हुन सक्छ । तर बैज्ञानिक समाजबादको निर्माण हुन सक्तैन,भन्नेकुरा सत्य हो ।

अर्कोतिर बर्तमान भन्ने गरेको दुइतिहाइको कम्युनिस्ट सरकार र उसको ब्याख्या १८ प्रतिशत गरीबीको तथ्यांक पेश गरेको सुन्दा यो सरकारले कुन बर्गलाइ गरिब असाहय मजदुर किसानको दर्जामा राख्यो मध्यम बिचौलिया तस्कर वा असली गरिब भन्ने बैज्ञानिक अध्यन गर्न जरुरी छ। बिनोद चौधरी जस्ता दश जना धनाढ्यको सम्पत्तिको क्याल्कुलेसन गरेर तिनकरोड जनताको आय अर्थिक बृदीदर तोक्ने सरकार र त्यस्ता अर्थ मन्त्रालयले बनाउने आर्थिक बायोग्राफीले नै भुमाफिया तस्कर र दलाल पुजिबादको पक्षपोषण निर्बिकल्प गर्दछ ।

अर्कोतिर ग्रामीण एरियामा गरिबको छोराछोरी च्यात्तिएको बस्त्रले लाज छोप्न धौ धौ परेर प्रदेशको कुल्लिको सपनाहरू तय गरेको हुन्छ । सामन्तीको छोराछोरी च्यात्तिएको कपडा खोजीखोजी लाउन बजारको खोजी गर्छन । सरकारले गरिबको च्यात्तिएको कपडा गरिबको हेरेर योजनाको तर्जुमा गरेन धनिले खोजीखोजी लाउने च्यात्तिएको कपडा हेरेर गर्‍यो उत्पादन गर्ने किसान निराश हुन्छ ।

उपभोग गर्ने पुजीवादीहरु हर्ष हुन्छन । यो देखेर के कुरासँग सहमत हुन सकिन्छ भने प्रतिक्रियावादी समाजबाद पुरै ॠणि समाजबादमा परिणत भएको छ । त्यसैले यसको बिकल्पमा बैज्ञानिक समाजबादी क्रान्तिकारी शक्ति र त्यो अनुरुपको क्रान्तिको जरुरी छ। बैज्ञानिक समाजबादी क्रान्तिका लागी सैद्धान्तिक रूपमा जनता देखि राजनीतिक शक्ति संघ संगठनका सदस्य समेतको चिन्तनमा बैज्ञानिक सोचाइको अभिबृदी हुन जरुरी छ।

उत्पादनको श्रोत साधन र शक्तिलाई बैज्ञानिक तरिकाले हल गर्न सक्ने बिचार सिद्धान्त बिना हरेक आन्दोलन सम्झौता र सहमति गरेर दलाल पुजीवादीहरुको पोल्टाम थुपार्ने बाहेक अर्को विकल्प हुदैन ।

सत्तामा फैलिएको निरंकुशता र जनतामा फैलियको निरासाले बिद्रोह अनिवार्यता हुन्छ । खाली जनताको असन्तुष्टतामथी प्रतिगामी तत्वले खेलमैदान खुल्ला बनाउनेतर्फ जतिसुकै सकृयता देखाएपनी दिवा कल्पना बाहेक अरु बैज्ञानिक बिचार नहुनूले सफल हुदैनन् । बरु हरेक समस्याको समाधान बैज्ञानिक हल बैज्ञानिक विकल्प नै हो ।

त्यो विकल्प देखेपछि सबैशक्ती केन्द्रित र आश्चर्यचकित पार्दै एकता र रुपान्तरणको दिशामा अगाडि बढने देखिन्छ । तर सरकारका प्रमुखको बेलाबेलामा आउने अभिव्यक्ति डमरु र बाघे नी जस्ता निरह सोचाइको पराकाष्ठा मात्रै हो । यो न त संविधान सहि छ । न त यहि संविधानमा टेकेर बन्ने सरकार सफल हुन्छ । अझै भन्दा डमरुजरुलाई स्यालले टोकेर खतरामा पार्ने सम्भावना प्रबल देखिन्छ ।