ह्याकरले यसरी लुटे कृषि विकास बैंकबाट २ करोड

काठमाडौं- ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियो भन्नेबारे पनि केही बताएको छैन।

तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीले पुष्टि गरे।

प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।