कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । गत जेठमा भएको परीक्षाको मंगलवार नतिजा प्रकाशित भएको हो ।

देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ सहभागी थिए ।

बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

परीक्षामा २ हजार ३१९ ले जिपिए ३.६१ देखि ४, १३ हजार ७७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।

यस्तै, ५४ हजार ८१६ ले २.४१ देखि २.८० जिपिए, ८४हजार २३९ ले २.०१ देखि २.४० र ८९हजार ६५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् ।

यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १७१ ले ०.८१ देखि १.२०, २१ हजार ३४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।

विद्यार्थीहरुले नतिजा www.neb.edusanjal.com मा हेर्न सक्नेछन् र बिद्यालयहरुले आफ्नो विद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र हेर्न सकिने छ ।