नाफाको यो जिन्दगी !

कहिलेकाँही जिवनका बिषयमा घोत्लीदा पनि आनन्द आउछ । लाग्छ अजिवको हुदो रहेछ जिवनचक्र,सोच्छु जिवनको बास्तविक्ता बुझ्न नपाउदै बालापनको बसन्त ऋतुले फरक प्रकृतिको पालुवा फेर्न थाल्यो । हाे रहेछ साच्चै मानिस भनेको परिस्थितिको दास नै हो ।

भने झै मेरो बालापन पनि परस्थितिको चक्रब्युहमा उभिरहयो र त्यसबाट अछुतो रहन सकेन । यस्तो लागिरहेछ बालापनका दमित इच्छा आकांक्षा, अनि रहर सबै त्यो बेलाको समय र परिस्थितिले बिप्लवि बनाई दियो । ज्वालामुखि बनेर विष्फोट गराईदियो ।

महासागरमा पौडिन सक्षम नहुदा नहुदै पनि जवर्जस्त धकेलिदियो । त्यसपछि डिअर बालापन जिवनमरणको महान यात्रामा मुक्ति या मृत्युको कसम खादै हारे हातमा हत्कडि जिते सिंगो संसार, भन्दै युद्ध यात्रामा होमियो । त्यो त्यतिबेलाको जल्दोबल्दो परिस्थितिको उपज थियो । र समयको माग पनि ।

त्यतिबेला उमेर १३ वर्षको हुदो हो । ८ कक्षामा पढ्दै थिए । मध्यम किसान वर्गमा जन्मिए कि र हुर्केकी हुदा कुनै कुराको पनि अभाव भोग्नु परेन । मेरो हजुरबुवाले १५ बर्ष एकलौटि प्रधानपञ्च चलाउदै आउनु भएको थियो । मेरो बुवा गा. बि.स. सचिव हुनु( हुन्थ्यो ,जागिरको शिलशिलामा बाजुरा हुनुहुन्थ्यो ।

गाउँको परिवेशमा हुनेखाने भित्र नै पथ्र्योँै हामी , मेरो घरपरिवार कर्ममा बिश्वास गर्दथ्यो । बुवा एकदमै लगनशीलताका साथ मेहनत गर्नु हुन्थ्यो । मेरो घर परिवारमा राजनिती आस्था फरक फरक भएता पनि अन्य काममा एकरुपता थियो । हजुरबुवा र घर परिवारहरु राप्रपा हुनुहुन्थ्यो भने मेरो बुवा मजदुर किसान पार्टीमा आस्था राख्नुहुन्थ्यो ।

उमेरले सानै भएर पनि होला तर मलाई भने राजनीतिक सम्बन्धमा अध्ययन तथा जानकारी नै थिएन । पढ्ने लेख्ने बाँकि समय खेल्ने र आफु भन्दा ठुलोको अर्ति उपदेशलाई ग्रहण गर्ने बाहेक अरु म मा केही थिएन । तर बिडम्वना नै भन्नुपर्छ म एकाएक कसरी जिवनमरणको यात्रामा हाम फाल्न दुस्साहस गरे ।

सम्झदा आफैलाई अचम्म लाग्छ । आमा भन्नु हुन्छ म सानै देखि नै विद्रोहि स्वाभाव कि थिए । मतलब अन्याय अत्याचार ,गरिब ,दुखि,असाह,पिडित, कमजोरहरु आदि इत्यादीको दुख देख्नै नसक्ने स्वभावकी थिए रे । अभाव रहित परिवारमा जन्मिए पनि मेरो मन कमजोर र पिडित तिरै हुन्थ्यो लाग्थ्यो मलाई मान्छे मान्छे माथि विभेद किन हुन्छ होला ? जात जाति ,धनी गरिब यस्ता विषयले मलाई बिस्तारै बिस्तारै मेरो मन मुटुमा चसक्क घोच्दै गएको थियो ।।
यहि शिलशिलामा २०५७ साल बैशाख ४ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले संचालन गरेको जनयुद्धमा सामेल भएकी थिए ।

जुन समय माओवादी जनयुद्धको बढ्दो प्रभाव थियो । तर पनि मेरो गाउँले पार्टीको नजरमा अवसरबादिको उपमा पाएको थियो । किनकि यहाँका ठकुरीहरु अवसरबादी छन । घमण्डि छन । यिनिहरुलाई जसरी पनि माओवादी बनाउनु पर्छ । माओवादी संगठनमा गोलबन्ध गराउनु पर्छ भन्ने धारणा थियो । हुन पनि मेरो गाउँबाट कोही पनि संगठनमा थिएनन् दुई जना युवा भुमिगत हुनु भएको थियो । उहाँहरु पनि पलायन हुनु भयो । एक दिनको कुरा हो हाम्रो स्कुलमा क्रान्तिकारी विद्यार्थी संगठनको संगठन खोल्ने योजना रहेछ । अरु दिनमा माओवादी आए भनेर थाहा पाउने बित्तिकै हामीहरु भागेर घर आइहाल्थ्यौ , ५ मिनेटको बाटो थियो ।

उनिहरुको शब्दबाण मेरो मन मष्तिक्समा खिल बनेर गड्यो , जो कि सर्जरी गर्दा पनि झिक्न नसकिने गरी । आखिर यहि खिल नै मेरो जिवनको अब्बल अस्त्र बन्यो ।

तर त्यो दिन भाग्ने मौका गुमाई सकेका थियौ । जालमा परेको माछा जस्तै फुत्किन नसक्ने गरी बाहिर गेट अनि यता उता माओवादीले घेरेका थिए । अनि हामी सबै बिद्यार्थीलाई कक्षा कोठामा लिएर कलाश दिन थाले । बिस्तारै संगठन पनि खोल्ने तयारी गरे । मेरो बिचार नहुदा नहुदै पनि बिद्यार्थी संगठनको कोषाध्यक्ष बनाई दिए । सँगसँगै गाबिस स्तरीय क्रान्तिकारी साँस्कृतिक टिमको पनि उपाध्यक्ष बनाईदिए। त्यतिबेला म संगठनमा बस्दिन भनेर प्रतिबाद गर्ने हैसियत पनि थिएन ।

माओवादी भने पछि एकदमै डर लाग्थ्यो र अर्को मुख्य कारण यो पनि थियो २०५६ साल चैत महिनामा हाम्रो घर माओवादीले सेर्बोटेज गरेका थिए । १४ हजार नगद चन्दा लगेका थिए । भौतिक रुपमा पनि मेरो हजुरबुबालाई अशक्त हुनेगरि पिटेका थिए । जसको असर अहिले सम्म भोगिराख्नु भएको छ । त्यसैले गर्दा पनि माओवादी पार्टी मन पर्दैन थियोे । देख्दा र सुन्दा पनि रिस उठ्थ्यो ।

त्यसैले नेै मलाई जानि जानि संगठनमा राखेका थिए । त्यतिबेला दुई ढुङ्गा बिचको तरुल झै चपेटामा परेकि थिएँ म । संगठनमा नवसौ , काम नगरौ भने माओवादीले म र मेरो घरपरिवारलाई केही गर्ने हुन कि ? जस्तो डर पनि लाग्थ्यो भने अर्काे तर्फ माओवादी देखेर नसहने मेरो परिवार , झन म त्यहि संगठनमा बस्दा घरपरिवारले मलाई रिसाउनु हुन्छ ।

भन्ने डरले पिरोली रहयो, मैले सोचेकी थिए । केही समय संगठनमा बस्दा के फरक पर्ला र ? १ महिना पछि ८ कक्षाको परीक्षा आउदै थियो । ८ कक्षाको परीक्षा दिएपछि कैलाली टिकापुर घरमा गएर पढ्छु भनेर सोचेकी थिए । तर ठिक उल्टो बनिदियो परिस्थिति जिवनमा सोच्दै नसोचेको कुरा पनि हुदोरहेछ । घरपरिवारसँग जतिबेला भेट हुदा पनि मलाई गालि गर्न थाल्नु भयो । त्यस्ता संगठनमा बस्नु हुन्न आफ्नो भबिष्य बिग्रिन्छ । त्यहाँ मरिन्छ , कति त मरिसके जस्ता आदि कुराहरु गरेर टर्चर गरे पछि मैले एउटा निर्णय गरे ।

माओवादी बन्ने मेरो कुनै धारणा नहुदा नहुदै पनि घरपरिवारले टर्चर गरे पछि म लगायत चार जनाले माओवादी हुने निधो गर्याै । पहिलो कलाश सकिए पछि दोस्रो कलाश शुरु नहुदै हामी चार जना सत्य सञ्ज्याल ( गिता ) लक्ष्मि जुला शाही ( शहिद क. रमिता) स्वार्णिम शाही ( रक्तिम)र म ठिक ११ बजे किताबहरु मेरो मामा कुम्भराज शाहीको जिम्मा लगाउदै यात्रा शुरु गर्याै । जुन पार्टीले घर लुट्यो हजुरबुवालाई कुट्यो र पनि म त्यहि यात्रामा तल्लिन हुदै थिए । मेरो यो निर्णयका पछाडि दुईवटा कारण थिए ।

प्रथम त मेरो घरपरिवारबाट सम्झाउने कन्मिन्स गर्ने भन्दा पनि रिसाउने र गालि गर्ने काम भइरहेको थियो । त्यो मलाई फिटिक्कै मन परेको थिएन । दोस्रो पार्टीले मेरो बालापन देखि पिरोलि रहेका बिषयहरु क्रान्तिद्वारा समाधान हुन्छ भनेको थियो । फेरि हाम्रो घर लुट्नेहरु र कुट्नेहरुलाई त्यहाँ सँगै गएर उनिहरुको असली रुप चिन्छु सोचेकी थिए । जुन इतिहासका कलंकहरु बेलैमा पार्टी बाट पलायन पनि भए । त्यतिबेला उनै साथिहरुले भनेका थिए की ? कस्ता कस्ता मान्छेहरु त युद्धमा नटिकेर पलायन भएर घर आएर बसेका छन ।

भने यिनी फुच्चेहरु गएर के नै गर्ने हुन र ? अहिले रहरले दुई चार दिन गए पनि पछि फर्केर यहि आउनु पर्ने हो । जस्ता यावद कुरा गर्दै हाँसी रहेका थिए । हामीलाई जिस्काई रहेका थिए । तर पनि हामीलाई बिपरित दिशाबाट चलिरहेको हावाले कुनै प्रभाव पारेन । हाम्रो यात्रा रोकिने वाला थिएन । झन प्रतिबद्ध बनायो , यिनिहरुको अगाडि केही न केही गरेर नै देखाउनु पर्छ भन्ने अठोट गरायो ।  झन आत्मबल बलियो बनायो ।

उनिहरुको शब्दबाण मेरो मन मष्तिक्समा खिल बनेर गड्यो , जो कि सर्जरी गर्दा पनि झिक्न नसकिने गरी भएर । आखिर यहि खिल नै मेरो जिवनको अब्बल अस्त्र बन्यो । जसले गर्दा जनयुद्धको महा बिपति र आँधि तुफानका अगाडि धर्मराउन दिएन । झनै सतिसाल बन्दै फलामका चिउरा चपाउन सक्ने अदम्य शाहास छाति भरी बोक्दै निरन्तर निरन्तर गन्तव्य चुम्न पार्टीको काशनमा नाच्दै आमुल परिवर्तन गर्न युद्ध यात्रामा लम्कि रहे ।

देश पुरै माओवादीमय भएको थियो । देशमा जहाँ तँही ठुलठुला भयानक युद्धहरु भइरहेका थिए । त्यसको प्रभाव मेरो बाल मष्तिक्समा एकपछि अर्को गरि बलियो र पेचिलो बन्दै गयो । त्यहि प्रभावका कारणले नै गुच्छाहरु खेल्ने उमेरमा बम गोला खेलाउन थाले । कलम समाउने हातमा बन्दुक बोक्दै बिद्रोहका मशालहरु जलाउन थाले । स्कुल ड्रेसमा हातमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गित घन्काउने उमेरमा हातमा हसिया हतौडा अंकित लाल झण्डा बोकेर अन्याय अत्याचारका बिरुद्ध बुलन्ध आवाज घन्काउन थालेँ ।

कम्ब्याट ड्रेसमा जनताको घर आगनमा दुष्मन हरुलाई खबरदारी गर्दै परेड खेल्न थाले , दुनियाँ परिवर्तन गर्न कै लागी सर्वस्व त्यागेर महासमरको कठिन यात्रामा आफ्नो कलकलाउदो जिवनको प्रवाह नगरी हजार मायलको यात्रा एक पाइला बाट सुरु गर्दै वर्ग संघर्षको रापिलो भट्टिमा हाम फाल्दै मेरो बाल्यकाल अगाडि बढ्यो । आफ्नो खुसिको लागि हरेक कुरामा बार्गे्निङ गर्दै आमा बुवा लाई घुर्कि लगाउदै सास्ती दिने उमेरमा फलामे अनुशासनको कटघेरामा उभिएको थियो यो डिअर बालापन ।

भुमिगत भए लगत्तै ५र ६ महिना राजनीति परिबेशको अनुभव बटुल्दै ठिक्क भयो । त्यसपछि पार्टीले मलाई एरिया कलाकारमा पठायो । ४ र ५ महिना एरिया कलाकारमा काम गरेपछि जिल्ला कलाकार चुलि जन साँस्कृतिक परिवारमा पठाइयो । गरिव दुखि निमुखा जनताहरुको साथमा साथ दिदै , रंगि चंगि ड्रेसमा मयुर झै सजिएर मादल किबोर्ड र गिटारका झंकारहरुसँग क्रान्तिकारी गितहरुले हुकार छोड्दै, डाँफे मुनाल झै छमछमि नाच्दै मेरो बाल्यकाल बित्यो । अनि १७ र १८ बर्ष पुगेपछि पार्टीको कलपुर्जाको आबश्यक्ता परिपुर्ति गर्न सैन्य फिल्डमा गए । युद्ध आफैमा निर्मम हुन्छ । कोही कसैको भावनाको कदर हुदैन ।

युद्धको नियम नै फरक प्रकृतिको हुन्छ । म पनि युद्ध यात्री भए कै कारण मेरो इच्छा आकाक्षा रहर सबै सहायक हुने नै भए । किन कि हामी युग बदल्न लडिरहेका अभियान्ता थियौ । दुखका कुरा गरेर साध्य नै छैन । कतिदिन त भोक भोकै लड्यौ । कतिदिन त अनिदै हिड्यौ । भोक प्यास निन्द्रा थकाइ केही नभनि गण्डकको यात्रामा त झन ४८ घण्टासम्म पानी पनि नखाई निरन्तर पार्टीको योजनामा तल्लिन रहयौ ।

लड्दा लड्दै आफ्नै अगाडि संगि साथिहरु,आफन्तहरु गुमाउदाको पीडा कति हुन्थ्यो कति , अहिले पनि सम्झिल्याउदा अभिब्यक्त गरौ भने सयौ पाण्डुलिपि नै बन्छ होला । पिडाहरुको समुन्द्रमा आक्रोश र बदलाभावको सुनामि आउछ । सर्वहारा बर्गको मुक्तिको लागि बमगोला र बारुद्ध सँग लुकामारि गर्दागर्दै म आफै पनि घाइते भए । भौतिक शरीर छिया छिया पर्याे , जसको असर आजिवन भोग्नु पर्नेछ । मैले अशक्त बनेर । जीवन चक्रको एक अध्यायमा आइपुग्दा कसरी बाल्य( काल बित्यो अनि कसरी जवानी बित्यो पत्तै भएन । इतिहासको कालखण्डमा आउदा न त बाल्यकालको अनुभव बटुल्न पाइयो न त जवानिको नै ।

चिन्ता थियो त केवल देश र जनताको सुनौलो भाग्य रेखा निर्माण कसरी गर्ने मात्रै । लाग्छ जीवन एउटा रंगमञ्च रहेछ । जहाँ हजारौं नाटकहरु अटाउछन । जीवन नै यात्रा रहेछ जहाँ बदलिँदो समय र परिस्थितिको सामना गर्दै हजारौं कुइनेटाहरु सँग जुद्धै यात्रा गर्नु पर्ने । जीवन नेै अनुभव रहेछ जन्मे देखि बाचुञ्जेल सम्म अनुपम अनुभवहरु बटुल्न पाउने, जीवन नै भोगाई रहेछ ।

हजारौं बज्रपात बज्रिदा पनि नधर्मराई , नडगमगाई, अडिक खम्बा बनिदिनु पर्ने । सानो कलिलो उमेरमा प्रिय जिन्दगीका हजारौं भोगाइहरुले जीवन स्पात बनेको छ । दुख सुखमा नआत्तिएर ,नमात्तिएर रमाउन सिकाएको छ । जिवनमा के पाए र के गुमाए भन्नेमा कुनै गुनासो छैन । मेरो जीवन सिकाईको यात्रा हो ।

हरेक मोडमा मैले जीवन जिउन सिके जस्तो लाग्छ । पटक पटक अग्नि परीक्षामा उभ्याइदिन्छ । तर जीवन हरेक क्षण क्षणमा नयाँ बनेर झुल्किदिन्छ । जिवनले जे जत्ति चुनौति अगाडि ल्याउछ त्यसले मलाई अझ परिपक्व बनाएको छ । प्रिय जिन्दगीका प्रत्येक पलहरु अनमोल लाग्छन आजकाल । किनकि नाफामा मिलेको जिन्दगी भएर नै होला, समग्रमा म आफ्नो जीवनसँग खुसि छु । परिस्थितिले जहाँ पुगाए को छ धन्य छ जिन्दगी ।

जीवनमा महत्वपूर्ण भुमिका जीवन साथिको हुन्छ । युद्धकालिन सहयात्रामा राजनीतिक सहकर्मी ( अभिभावक) मेरो जीवन साथि दिपक साउद ( तरङ्ग ) मेरो जिवनमा उपस्थित भएपछि सामुहिक र निजि जिवनका अध्यायहरु अझै समृद्धशालि बन्दै गयो र बन्दै जानेछ भन्ने बिश्वास लिएकी छु ।

युद्ध मोर्चाको रणभुमिमा एउटै आर्कमा बसेर लड्दा र अघि बढ्दा बढ्दै प्रेम जीवन यात्राको राजमार्गमा एकीकृत भयो । बाँकी जीवन यात्राहरु अटुट अजम्बरि बनिरहने छन ।ब्यक्तिगत हिसावले आफु सक्रिय राजनितीमा सामेल हुन नसके पनि उहाँको राजनिती चेतलाई भेद नगरी मेरो साथ र सहयोग सधैंभरी रहिरहने छ ।