मेडिकल कलेजका विद्यार्थीको माग पूरा नगरे हस्तक्षेप गर्ने नेकपाको चेतावनी (विज्ञप्ति सहित)

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले चितवन जिल्ला स्थित ‘चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै आफ्नो पार्टीसँग जोडेर विद्यार्थीहरु माथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गर्दै केही दिनअघि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले पुष्टि गरेको भन्दै आपत्ति जनाएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले शुक्रबार विज्ञप्ति निकाली स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णयसमेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ । तसर्थ समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गरेका छन् र माग पूरा गर्न अटेर गरे समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ