ओलम्पिकाससँग टोटनह्यामको बराबरी

काठमाडौं । इङ्ग्लिस क्लब टोटनह्यामले यूईएफए च्याम्पियन्स लिग फुटबलमा ओलम्पिकाससँग बराबरी खेलेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गत समूह बीको खेलमा टोटनह्यामले ग्रिसको क्लब ओलम्पिकाससँग २–२ को बराबरी खेलेको हो । पाहुना टोली टोटनह्यामले २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन परेको थियो ।

२६ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत् गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । लगत्तै ४ मिनेटपछि टोटनह्यामका लुकास मौराले अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्तिम समयमा डानिल पोडेन्सले एक गोल घटाए । ५४ औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै म्याथ्यु भल्युनाले बराबरी गोल फर्काए ।

त्यसपछिको बाँकी समय दुबै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।