नवलपरासी अध्यक्ष भण्डारी ७१ दिन पछी रिहा

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारी रिहा भएकी छन् ।पटक-पटक साधारण तारेख तथा धरौटी छुट्टने र पुन: गिरफ्तार हुने क्रमसंगै उनलाई सर्वोच्च अदालतको आदेशमा करिब ७१ दिन पछी रिहा भएकी हुन् । बन्दीप्रत्यक्षीकरणको रिटमाथी सर्वोच्च अदालतले गरेको आदेशमा नेतृ भण्डारी रिहा भएकी हुन् ।

उनलाई असार २४ गते नवलपरासीको बर्दहवाघाट प्रहरीले गिरफ्तार गरेको थियो । नेतृ भण्डारी उक्त संगठनकी प्रभावशाली बिद्यार्थी नेतृ मध्यकि हुन् ।

विप्लव नेतृत्वको नेकपा माथि सरकारले प्रतिबन्ध लगाईसके पछी पार्टी र पार्टी निकट जवसका करिव ८०० नेता तथा कार्यकर्ता प्रहरी हिरासत तथा कारागरमा छन् ।