डेंगुबारे संसद्‍मा स्वास्थ्यमन्त्रीले भने – आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन

काठमाडौं । डेंगुका बिषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आपतकाल घोषण गर्नुपर्ने अबस्था र्सिजना नभएको बताएका छन । बुधबार सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै मन्त्री यादवले डेंगु नेपालको मात्र नभई विश्वकै समस्या भएको भन्दै आपतकाल घोषण गर्नु पर्ने अबस्था र्सिजना नभएको बताए ।

उनले यस्ता रोग व्यवस्थापनमा सफलता मिलिरहेको भन्दै अहिले नै आपतकालिन अवस्था घोषणा गर्नु नपर्ने बताए । डेंगुको औषधी नभएको भन्दै उनले यसको नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको नियन्त्रण नै प्रमुख उपाय भएको बताए । डेंगु रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे पनि उनले जानकारी गराए ।

गत वर्ष डेंगु देखिएका जिल्लाहरुमा लामखुट्टेको बासस्थान खोजी ५ दिने अभियान नै चलाएको उनले बताए । ८५ स्थानीय तहमा डेंगु नियन्त्रणका लागि १ करोड ६६ लाख रकम र प्रदेशमा डेंगु लगायतका प्रकोप गराउने रोग नियन्त्रणमका लागि ६ करोड १७ लाख पठाइसकिएको उनले जानकारी दिए । स्थानीय र प्रदेश सरकारले समेत त्यस्ता प्रभावित क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको पनि यादवले बताए ।

मन्त्री यादवले हाल ५६ जिल्लामा डेंगुको प्रकोप देखिएको बताए । साउन १ देखि भदौ ३० सम्म ५ हजार ९५ संंक्रमित भइसकेको र ६ जनाको मृत्यु भएको मन्त्री यादवले जानकारी दिए ।

विश्वमा प्रत्येक वर्ष ३९ करोड मानिसमा डेंगुको क्रमण देखिएको र विश्व स्वास्थ्य संगठनले समेत विश्वको दश प्रमुख खतरामध्ये डेंगुलाई पनि एक मानेको बताए । देशभर डेंगुले आतंक मच्चिँदा पनि स्वास्थ्यमन्त्री मौन रहेको भन्दै सांसदहरुले आलोचना गर्दै आएका थिए ।