पृथ्वी बाहिर पनि मानव जीवन सम्भव, फेला पर्यो यस्तो ग्रह

एजेन्सी । खगोल सम्बन्धि अनुसन्धान गर्ने एक समूहले पहिलो पटक हाम्रो सौर्यमण्डल भन्दा बाहिर अवस्थित एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनका अनुसार त्यहाँको तापक्रम मानव जीवनको लागि उपयुक्त भएको पाइएको छ ।

‘के२—१८बी’ नाम दिइएको सो ग्रहको यसको क्षेत्रफल पृथ्वीको भन्दा ८ गुणा बढी भएको र यसलाई ‘सुपर अर्थ’को नाम दिइएको जनाइएको छ ।

अध्ययनका अनुसार यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा रहेको छ । यो ग्रह सन् २०१५मा नासाको केप्लर स्पेसक्राफ्टले पत्ता लगाएको भए पनि पानी र तापक्रमको अवस्थाका बारेमा भने अहिले पत्ता लागेको हो ।

त्यहाँ पानी पनि भएको र तापक्रम पनि उपयुक्त भएकोले जीवन सम्भव हुनेतर्फ खगोलविद्हरुले सम्भावना देखाएका छन् । खगोलवीदहरुले यस अनुसन्धानलाई नेचर एस्ट्रोनोमी नामक जर्नलमा बुधबार(हिजो) प्रकाशित गराएका छन् ।

‘‘पानी पाइनुले पृथ्वी बाहेकको अर्को ग्रह पनि बस्न योग्य भएको पाइएको छ । यो उत्साहजनक कुरा हो’’, युनिभर्सिटी कलेज लण्डनको सेन्टर फर स्पेस एक्सोकेमिस्ट्री डेटाका रिसर्च एसोसिएट तथा अहिलेको अध्ययन प्रतिवेदनका लेखक एन्जेलोज टिसियारसले बताए । (सिएनएन)