कानुन संकायका विद्यार्थीद्धारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न

नेपालगन्ज, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा हरितालिका तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुक साथै केही बिशिस्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियोे ।

कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत ७२ वर्षका विद्यार्थी बलभद्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख गणेश कुमार रेग्मी, अतिथिहरुमा सहायक क्याम्पस प्रमुखहरु क्रमश निरन्जन ज्ञवाली, श्रीवास अधिकारी, अर्जुन पोखरेल, हरि प्रसाद तिमिल्सिना, कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली, प्रशासन प्रमुख गंगा क्षेत्री, उच्च अदालत नेपाल बार एशोसियसनका अध्यक्ष विकास आचार्य, कानुन संकायमा आंशिक प्राध्यापक लोक बहादुर शाह, विश्वजित तिवारी, खड्क बहादुर खड्का, कानुन व्यवसायी बसन्त गौतम, लगायतका रहेका थिए ।

क्याम्पसमा विगत लामो समय देखि प्राध्यापन गर्दै आईरहनु भएको प्राध्यापकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । सम्मानित हुनेहरुमा क्याम्पस प्रमुख गणेश कुमार रेग्मी, सहायक क्याम्पस प्रमुखहरु निरन्जन ज्ञवाली, श्रीवास अधिकारी, अर्जुन पोखरेल, हरि प्रसाद तिमिल्सिना, कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली, प्रशासन प्रमुख गंगा क्षेत्री, रहेका छन् ।

त्यसैगरी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु जसले अध्ययनरत हुदाहुदै अरु केही सामाजिक कार्यमा वा राजनीति कार्यमा अगाडि बढेका ८ जना विद्यार्थीहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । सम्मानित हुनेहरुमा नमस्कार शाह, नविन शर्मा, अम्बिका काफ्ले, आशिष वर्मा, प्रवेश शाह, झबी न्यौपाने, चिरञ्जीवी पौडेल, के.पी. घिमिरे रहेका छन ।

कार्यक्रममा एकल तीज नृत्य गरिनुका साथै अतिथिज्युहरुबाट शुभकामना मन्तव्य राखिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख गणेश कुमार रेग्मीले कानुन संकायका विद्यार्थीहरुबाट हामीले पनि धेरै कुराहरू सिक्न पाएको र यस्तो कार्यक्रम ऐतिहासिक भएको उहाँले बताए । उक्त कार्यक्रम कानुन संकाय दोस्रो वर्षमा अध्यनरत विद्यार्थी कमल बहादुर शाहीले सन्चालन गरेका थिए ।