यस्ता छन् पर्यटनमन्त्रीका १ वर्षे कार्ययोजना
काठमाडौं,संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६र०७७ मा सम्पादन गरिने प्रमुख प्राथिमकताका कार्यक्रम सार्वजनिक गरेका हुन्।
मन्त्री भट्टराईले नेपाल वायु सेवा निमगका सबै जहाज उडाउने गरी व्यवस्था गरिने बताएका छन्। उनले चीनको गोन्झाउमा उडान भर्ने सहमति आइसकेको पनि जानकारी दिए। उनले लुम्बिनीमा मेडिटेसन सेन्टर सञ्चालनका लागि युनेस्कोसँग छलफल गरिरहेको बताए।
भट्टराईले त्रिभुवन विमानस्थलमा सम्माननीयलाई मात्रै गाडीसहित जाने व्यवस्था गरिने उल्लेख गरे। मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० सफल बनाउनका लागि एक नेपाली एक पर्यटक अवधारणा अघि सारेका छन्। उनले नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरूको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने बताएका छन्।