बासद्भारा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न

नेपालगन्ज, सामाजिक कार्यहरु गर्दै सुशासन कायम गराउन उल्लेखनीय कार्य गर्दै अाइरहेको बागेश्वरी असल शासन क्लब (बास) ले हिन्दु महिला दिदी-बहिनीहरुको महान चाँड हरितालिका तिजको उपलक्ष्यमा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नेपालगन्जको होटल सि.एस.टी. एण्ड पार्टी प्यालेसको सभाहलमा २५० जनाकाे उपस्थित भएकाे भव्य कार्यक्रममा २४ जना सहभागीले नृत्यमा प्रतिस्पर्धा गरेका थिए ।उक्त कार्यक्रमको उद्घाटन बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा के.सी. (नमुना) ले ब्यानर पढेर गर्नु भएकाे थियाे । बासका केन्द्रीय अध्यक्ष रमेश सिटाैलाकाे सभापतित्वमा अायाेजना भएकाे कार्यक्रममा स्वागत मन्तव्य बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथाेकी लगायतका अतिथिहरुले गर्नुभएकाे थियाे ।युनाईटेड माेटर्सकाे प्रायाेजक रहेकाे कार्यक्रमलाई विभिन्न संघ संस्थाकाे सहकार्य गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्न निर्णायक मण्डलको प्रमुखमा के.बी. शाही, सदस्य दिला शाह, शुभेच्क्षा नेपालले महत्वपुर्ण भुमिका निभाउनु भएकाे थियाे । कार्यक्रममा प्रथम हुनेलाई रु. १२,०००, दाेश्राेलाई रु. ८,००० र तेश्राेलाई रु. ५,००० नगद पुरुस्कार सहित सबै प्रतियाेगिहरुलाई प्रमुख अतिथि माननीय कृण्णा के.सी. नमुनाले प्रशंसा पत्र वितरण गर्नु भएको थियो । कार्यक्रम बासका केन्द्रीय सदस्य मुना बिष्टले संचालन गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रममा प्रथम स्थान हासिल युनाइटेड मा.बि. नेपालगन्जकी झरना सुनार, द्वितीय स्थानमा जि.भि.एन. मा.बि. नेपालगन्जकी सरिता फुँयाल र तृतीय स्थान होलिल्याण्ड मा.बि. नेपालगन्जकी दुर्गा राना भएका थिए ।