नेपालगन्जमा तिज विशेष उत्प्रेरणात्मक कार्यक्रम

नेपालगन्ज, हिन्दु महिलाहरुको महाँन चाड हरिका तालिका तिजको अवसरमा मन्टेक्ष्वरी एशोसियसन बाँकेले नेपालगन्जमा महिला दिदी-बहिनीहरुलाई उत्प्रेरणात्मक कार्यक्रम गरी तिज मनाएको छ ।बाँके प्रदेश सभा एक कि सभाषद कृण्णा के.सी. नमुनाको प्रमुख अातिथ्यमा उक्त कार्यक्रम गरिएको थियोे ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका कि उप मेयर उमा थापा मगर, समाजसेवी दिला शाह, किरण अाचार्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको मन्टेक्ष्वरी एशोसियसन बांके कि अध्यक्ष लुना बुढाथोकीले बताउनु भयो ।

कार्यक्रममा महिला शसक्तिकरणमा विशेष जोड दिनुका साथै, कसरी उनीहरुका माग सम्बोधन गर्न पहल गर्न सकिन्छ लगायतका विषयहरुमा छलफल गरिएको थियोे । उक्त कार्यक्रम राखेर अापसी सद्धभाव कायम राख्न दिदीबहिनीहरुको भेटघाट जुराई दिएकोमा मन्टेक्ष्वरी एशोसियसनलाई उपस्थित सबैले हार्दिक धन्यवाद दिएका थिए ।