पचालझरनामा जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा

कालीकाेट,कालीकोटको पचालझरनामा आर्गानिक जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा आएको छ । स्थानिय जडिबुटीहरुको सदुपयोगको लागि पचालझरना गाउँपालिकाकोे खार्दु ९ राम्नाकोटमा आर्गानिक जडिबुटी प्रशोधन संकलन उद्योग संचालनमा आएको हो । स्वदेशि उत्पादन अपनाऔँ र आत्मनिर्भर बनौँ भन्ने मुल ध्ययका साथ उद्योग संचलानमा ल्याएको बताइएको छ । 

उद्योगमा स्थानिय जडबुटिबाट सिस्नोको पाउडर,हिमाली जडिबुटीबाट बनेको चिया, तेज चिया लगायतका सामाग्री बन्ने संचालक तुलाराज कठायतले जानकारी दिए । कठायतका अनुसार उद्योगमा कालीकोटमा उत्पादीत स्थानिय जडिबुटीबाट बनेका सामाग्रीहरु उपलब्ध हुनेछन ।

स्थानिय जडीबुटीलाई प्रशोधन गरि त्यसलाई स्थायित्व दिने देश्यले उद्योग संचालनमा ल्याइएको बताइएको छ । स्थानिय पर्यटनलाइ बिकास गराउन यस्ता उद्योग आबश्यक रहेको कठायतको भनाई छ ।