सेमेष्टर शैक्षिक प्रणाली सञ्चालनको प्रक्रियामा वागेश्वरी क्याम्पस

सेमेष्टर शैक्षिक प्रणालीको सञ्चालनको प्रक्रियामा कोहलपुरका केही व्यक्ति र शैक्षिक संस्थाले मध्यपश्चिमान्चल विश्व विद्यालयको मान्यता छैन । यसमा पढेकाले लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका आयोगहरु दिन पाइदैन । अन्तर्राष्ट्रिय मान्यता छैन भन्ने हवाला फैलाएकोले आम विद्यार्थी, अभिभावक, बुद्धिजीवी, व्यापारी, किसान मजदुर लगायत सम्पुर्ण सरोकारवालाको ध्यानाकर्षण गर्न चाहाछौँ ।

यो क्याम्पस कोहलपुर नगरपालिकाको एक मात्र सरकारी आंगिक क्याम्पस हो । यसले हिजोका दिनमा दशौं हजार जनशक्ति उत्पादन गरेको र उक्त जनशक्तिले निकै उच्च ओहदामा काम गरी सेवा पर्दान गरेका छन् । कोहलपुरलाई शैक्षिक हव बनाउने सवालमा हाम्रो जनशक्तिले कोहलपुरका प्रत्येक सरकारी र निजि शैक्षिक संस्थामा काम गरेका संस्था सञ्चालक भएको इतिहास सावित छ ।

कोहलपुरको गौरव बोकेको निकै सस्तो कि स्नातक तह मासिक ४८४ रुपैंयामा अध्ययन गर्न पाइने, स्नातकोत्तर तहमा जम्मा ४ सेमेस्टरर्को ४० हजार रुपैयामा पढ्ने अवसर छ । यो क्याम्पसले स्थापन कालदेखि साविकको म. प., सु. प. लाई सेवामूलक पठनपाठन गरेको र हाल प्रदेश ७ , कर्णाली प्रदेश र ५ नं प्रदेशका गरिब निमुखा असहाय किसान मजदुर बिपन्न परिवार लगायत हुनेखानेका छोराछोरीले पढिरहेको इतिहास छ ।

निकै सस्तो मूल्यमा विगत देखि हालसम्म गुणस्तरीय शिक्षा दिदै आईरहेको यो संस्थाको मान मर्यादामा आँच आउनु भनेको कोहलपुर नगरपालिकाको र नगर सरकारको चुनौती हो । क्याम्पसले ११ देखि स्नातकोत्तर तहसम्म सेवा प्रदान गर्दै गर्दा यो समुदाय मात्र होइन उदाउँदो सहरका लागि नि सहज हुनेछ ।

शैक्षिक संस्था सञ्चालक ज्युले अरुका नराम्रो भनी अभिभावकलाई झुक्याउने गर्नु भन्दा आफ्नो राम्रो भनेर मोटिभेसन गर्नु राम्रो हुन्छ । यस क्याम्पसले आउँदो शैक्षिक सत्रमा स्नातकोत्तर तहमा एम ए.एम.बि. एस सञ्चालन गर्ने भएकोले यो ठूलो सरकारी सस्था भएकाले सम्पुर्ण सरोकारवालालाई ध्यानाकर्षण गर्न चहान्छु ।

(१) सन्दर्भ

नेपाल बहुजातीय, बहुधार्मिक तथा बहुभाषीक राष्ट्र हो । यसको भौगोलिक क्षेत्रफल १४७१८१ वर्ग कि.मी. रहेको छ । पूर्व मेची देखि पश्चिम महाकाली, हिमालदेखि तराई गरी हाल ७७ जिल्ला र सातवटा प्रदेशमा विभाजीत देश हो । यहाँ हाल नौं वटा विश्वविद्यालय छन् । केही विज्ञान प्रतिष्ठानहरु छन् । यी सबैको पाठ्यक्रम, कोर्ष, परीक्षा प्रणाली एवम् शैक्षिक सत्रको
शुरुवात समान देखिदैन् । नेपालको उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालय ६÷७ दशकमा ठूलो योगदान गर्दै आएको कुरा सर्वविदितै छ । यस विश्वविद्यालयले साधारणतर्फ मानविकीकला, साहित्य, सामाजिक विज्ञानका विभिन्न विषयहरु देखि प्राविधिक कृर्षि, वन, इञ्जिनियरीङ् र चिकित्सा विज्ञानका धेरै विषहरुमा पठनपाठनका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

हाम्रो देशमा ९ वटा विश्वविद्यालय मध्ये कुल ८० प्रतिशत भार बहन गरीरहँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले हाल मिति २०७५ साल भाद्र १० गतेको विश्वविद्यालय सभाबाट नेपालको दुरदरारमा रहेका अधिकांस जिल्लालाई समेटेर आंगिक क्याम्पसमा रुपान्तरण गरेको छ ।

बाँकेको बागेश्वरी बहुमुखी क्याम्पस, सुर्खेतको भेरी शिक्षा क्याम्पस गुमी तथा विद्यापुर जनता क्याम्पस, बर्दियाको बबई बहुमुखी क्याम्पस, रुकुमको मुसीकोट क्याम्पस, रोल्पाको जलजला क्याम्पस, कालिकोटको तिला कर्णाली क्याम्पस, दैलेखको नारायणी क्याम्पसलाई आंगिक क्याम्पसमा रुपान्तरण गर्ने कामलाई अन्तिम रुप प्रदान गर्ने काम भइरहेको छ ।

(२) सेमेष्टर प्रणाली के हो ?

आजको २१ औं शताब्दीमा शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जन गरी विश्व वजारमा प्रतिस्प्रर्धी गर्ने क्षमतावान तथा दक्ष नागरीक निर्माण गर्न हरेक विश्वविद्यालय सामु चुनौती थपीएको छ । विभिन्न समस्याको बाफजुत मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रमाणित गराई विश्वविद्यालयमा पहिचान गराउने जिम्मेवारी थपीएको छ ।

वर्तमान विज्ञान, प्रविधी एवम् सूचनायुक्त आधुनिक समाजलाई उच्च शिक्षामा लैजान, समाजलाई सुधारगरी चेतना प्रदान गर्ने जिम्मेवारी छ । विश्वविद्यालयका शैक्षिक कार्यक्रमले देशको विकासका लागि आवश्यक पर्ने साधारण देखि प्राविधिक क्षेत्रका जनशक्ति उत्पादन गर्नुका साथै समाज उपयोगी नविनतम खोज तथा अनुसन्धानका कार्यहरु निरन्तर गरिरहेको छ ।

राज्यले शिक्षा क्षेत्रको लगानीलाई तत्काल के फाइदा र के बेफाइदा हुन्छ भनेर नतिजा हेर्ने भन्दापनि शिक्षित जनशक्तिलाई मानव संसाधनको रुपमा हेरीनु पर्दछ । यसले दिर्घकालिन रुपमा समग्र देशविकासको सूचकलाई सकारात्मक बाटोमा लैजान्छ । हाल यस विश्वविद्यालयमा आंगिक क्याम्पसका रुपमा रुपान्तरण हुने शिक्षकहरु तथा पदाधिकारीहरु बार्षिक परीक्षा प्रणालीमा अध्ययनगरी आई प्राध्यापन गरिरहेको सर्वविदितै छ ।

तर वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस, मुसीकोट बहुमुखी क्याम्पसमा प्राध्यापकहरु त्रि.वि.को एम.एड. तहको सेमेष्टर प्रणालीमा अभ्यस्त भइसकेको इतिहास छ । विदेशमा गएर अध्ययन गरेका तथा त्रि.वि. मा अध्ययन गरेका तथा एम.यू. मा अध्ययन गरेको बाहेक अधिकांस जनशक्ति सेमेष्टर बारेमा अनभिज्ञ छन् । शिक्षक एवम् क्याम्पसका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिनु आवश्यक तथा अनिवार्यता छ ।

हाल सेमेष्टर भनिएतापनि पाठ्यक्रम, प्राध्यापन तथा मूल्याङ्क विधि वार्षिक परीक्षा प्रणाली भन्दा निकै फरक छ । सेमेष्टर के हो ? एम.यू. मा सेमेष्टर कार्यक्रम किन आवश्यक छ ? क्रेडिटआवर के हो ? गे्रडीङ् प्रणाली के हो ? पाठ्यक्रम कस्तो हुनु पर्दछ । Term Paper कसरी लेखाउने ? प्रस्तुतीकरण कसरी गराउने ?

शोधकार्य कसरी गराउने ? प्रश्नपत्र कस्तो हुनुपर्दछ ? प्रश्नपत्रको मोडरेशन कसरी गर्ने ? संपरीक्षण कसरी गर्ने ? आदि विषयको स्पष्ट खाका नै सेमेष्टर प्रणाली शिक्षण हो । शैक्षिक प्रणालीको मर्म अनुसार सञ्चालित हुने हो भने सेमेष्टर प्रणालीलाई धेरै तरिकाबाट उत्तम मान्न सकिन्छ ।

नियमित गृहकार्य, आन्तरीक परीक्षा, कक्षाकार्य, नियमित हाजिरी रेकर्ड, समय–समयको एकाई, मासिक एवम् आन्तरीक परीक्षाको कारण विद्यार्थीहरु अध्ययन कार्यमा व्यस्त रहने, खोज अनुसन्धान गर्ने, प्राध्यापक तथा विद्यार्थीहरु विच प्रत्येक दिन अन्र्तक्रिया हुने तथा विद्यार्थीहरुको नियमितता नै सेमेष्टर प्रणाली हो ।

प्राध्यापक संगसंगै र सधै सिक्ने सुनौलो मौका प्राप्त गर्ने, विद्यार्थीको नियमित रुपमा मूल्याङ्कन हुने वातावरणले गर्दा विद्यार्थीहरु अनुशासित र सधैं पढाईमा अहोरात्र रहने गर्दछन् । किनकी वार्षिक परीक्षामा जस्तो वर्षभरीको पढाई गरी वर्षको अन्तमा एकैपटक परीक्षाको बोझ बोक्ने वातावरण हुदैन । पाठ्यक्रममा क्रेडिटआवर उल्लेख गरिने भएकाले तोकिए अनुसारको क्रेडिट पूरागर्नुपर्ने अवस्था रहन्छ ।

सेमेष्टर प्रणालीमा ६ महिनाको एक शैक्षिक सत्र हुन्छ भने वार्षिक परीक्षामा १२ महिनाको हुन्छ । यस प्रणालीको सैद्धान्तिक अवधारणाको कुरागर्दा ६ महिनामा भर्ना, पढाई एवम् आन्तरीक, तथा बाह्य परीक्षाको परीणाम सम्मका कामहरु सकेर सातौं महिनामा अर्को सेमेष्टरको सुरुवात हुने काम हुन्छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो पाठ्यक्रमको पठनपाठन सुरु गरे देखि नै सेमेष्टर प्रणालीको प्रयोग गरेको थियो । यस प्रणालीमा साधारण विषयहरुमा ४० प्रतिशत आन्तरीक मूल्याङ्कन गरिन्छ भने ६० प्रतिशत छ भने प्राविधिक तर्फ ५० प्रतिशत आन्तरीक र ५० प्रतिशत बाह्य मूल्याङ्न गर्ने प्रावधान छ । जसबाट विद्यार्थीहरुमा सुधारात्मक, उपचारात्मक एवम् निदानात्मक मूल्याङ्कन प्रक्रियाहरु अवलम्बन गरी निर्णयात्मक मूल्याङ्कनमा महत्वपूर्ण फाइदा पुग्दछ ।

(३) प्रवेश परीक्षा र भर्ना

सेमेष्टर प्रणालीमा वर्षमा एकपटक नयाँ विद्यार्थीको भर्ना लिइन्छ । यसका लागि सम्बन्धित अध्ययन संस्थान वा संकायले निर्धारण गर्दछ । विश्वविद्यालयको डिन कार्यालयले स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुनका लागि विद्यार्थीको आधारभूत क्षमता जाँचगर्न प्रवेश परीक्षा लिने गर्दछ ।

यसको लागि सम्बन्धित क्याम्पसमा गई प्रवेशपरीक्षा अनिवार्य दिने प्रावधान छ । विद्यार्थीहरुको भर्ना प्रवेश परीक्षाको शैक्षिक विशिष्टता (मेरीटलिष्ट) का आधारमा गर्ने व्यवस्था छ । विद्यार्थीको खुल्ला प्रतिस्प्रर्धाका आधारमा असी प्रतिशत र बाँकी वीस प्रतिशत समावेशी कोटाको आधारमा गर्ने प्रावधान छ ।

(४) शैक्षिक कार्यपात्रो

विश्वविद्यालयका विभिन्न संकायहरु शिक्षा, व्यवस्थापन, मानविकी तथा सामाजिक, विज्ञान र प्रविधी हाइड्रो इञ्जिनीयरीङ् जस्ता कैयन संकाय र विषयको शैक्षिक क्यालेन्डर कार्यान्वयन गरी सबै संकायको स्नातक भर्ना २०७५ साल भाद्र मसान्त सम्म भर्ना आवेदन फारम वितरण गर्ने, २०७५ असोज ४ गते ११–१२ बजे सम्म प्रवेश परीक्षा लिने, २०७५ असोज ७ गते नतिजा प्रकाशन गर्ने र कक्षा सञ्चालन असोज १५ गते देखि गर्ने कार्यपात्रो रहेको छ भने स्नातकोत्तर तहको २०७५ साल मंसीरदेखि कार्यपात्रो रहने प्रावधान छ ।

(५) शैक्षिक भार

स्नातक तहको पाठ्यभार ३ क्रेडिट आवर प्रतिविषय छ । यस प्रणालीमा प्रतिपाठ्य घण्टा बरावर १६ कक्षा घण्टा हुन्छ । अन्तराष्ट्रिय प्रचलन अनुसार एक सेमेष्टर पाठ्यघण्टा भनेको सैद्धान्तिक विषयमा १६ घण्टा लेक्चर र ३२ घण्टा गृहकार्य गरी ४८ घण्टा कार्य र प्रयोगात्मक विषयमा ४८ घण्टा प्रयोगशालामा सुपरीपेक्षण भनी उल्लेख गरिएको छ । एक सेमेष्टर एक विषय ३ पाठ्यघण्टाको हुन्छ । एक प्राध्यापकले दुई सेमेष्टरमा ९ पाठ्यघण्टा कार्यभार लिने प्रावधान छ । यस अनुसार एक वर्षमा १४४ कक्षाभार हुन्छ ।

(६) अध्ययन विधी

अन्र्तक्रियात्मक विधी, व्याख्यान विधी, सहभागीतामुलक विधी, कार्यपत्र लेखन, कक्षाकार्य, समूहकार्य, प्रस्तुतीकरण, प्रयोगात्मक कार्य, परीयोजना कार्य जस्ता विभिन्न विधीहरुको प्रयोग गरीन्छ । विद्यार्थीहरुको हाजिरी सम्बन्धमा ८० प्रतिशत हुने प्रावधान छ । अध्ययनको अवधी स्नातकोत्तर तहको ४ र स्नातक तहको ८ सेमेष्टर हुन्छ । ४ सेमेष्टरका लागि २४ महिना र ८ सेमेष्टरका लागि ४८ महिनाको समय हुन्छ ।

सेमेस्टर प्रणालीका फाइदाहरु

– सेमेस्टर प्रणालीका फाइदाहरु
– समयमा पठनपाठन हुने वा सकिने।
– परिक्षा समयमा हुने नतिजा निर्धारित समयमा हुने।
– रास्ट्रिय अन्तर्राष्ट्रिय मान्याता र समकक्षता प्राप्त
हालको परिवेशमा अन्तर्राष्ट्रिय स्तरमा सेमेस्टर प्रणालीको प्रयोग भएको ।
– प्रतिस्पर्धामा सहयोगमा हुने स्मरणीय जनशक्ति जो कार्यमुलक व्यावहारिक रूपमा सक्षम हुने।
– डिभिजन राम्रो आउने बिदेशमा अध्ययन गर्न जांदा दुख नपाईने।
– नयाँ ब्यावहारिक, व्यावसायिक र प्रतिस्पर्धा गर्ने जनशक्तिको उत्पादन गर्ने।
– फरक धारबाट संचालित ।
– २१ शौ सताब्दिलाई मध्यनजर गरे कोर्स निर्माण गरेको।
ठिक ४ बर्षमा स्नातक र ठिक २ वर्षमा स्नातकोत्तर तहको पढाइ सकिने।
– सदावहार पठ्नपाठन हुने।

(७) परीक्षा र मूल्याङ्कन

विद्यार्थीहरुको क्षमता परीक्षणका लागि निरन्तर मूल्याङ्कन प्रणालीको प्रावधान छ । मूल्याङ्कन आन्तरीक तथा सेमेष्टर अन्तिम सत्रान्त परीक्षाबाट गरीन्छ । यसका लागि प्रत्येक सैद्धान्तिक पाठ्यभारको आन्तरीक मूल्याङ्कनको भार साधारण विषयतर्फ ४० प्रतिशत र प्राविधिक विषयमा ५० प्रतिशत र बाह्य परीक्षा ६० र ५० प्रतिशत भार क्रमशः व्यवस्था छ ।

विद्यार्थीहरु आन्तरीक एवम् बाह्य दुबै परीक्षामा पास हुनुपर्दछ । यसको उत्तिर्णाङ्क ५० प्रतिशत राखिएको छ । आन्तरीक परीक्षा पाठ्यक्रम र विषयबस्तु अनुकूल तीन देखि पाँचपटक सम्म गर्नुपर्दछ । आन्तरीक मूल्याङ्कनको कुलभारलाई विभिन्न शिर्षकमा विभाजन गर्ने जस्तैः हाजीरी, कक्षाकार्य, उपसत्र लेखन, कक्षा प्रस्तुती, एकाई परीक्षा, प्रतिवेदन लेखन, परियोजना कार्य, गृहकार्य र प्रयोगात्मक कार्यगरी मूल्याङ्कन गरीन्छ ।

माथिका विभिन्न कुराहरुको आधारमा आम सरोकारवालाहरुले के बुझ्नु आवश्यक छ भने वर्तमान समयमा एकाइसौं शताब्दीको दक्ष जनशक्ति उत्पादन गराउन र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि निकै सस्तो न्यूनशूल्कमा गरीब समूदायका मानिसहरुका छोराछोरीहरुले सहज रुपमा शिक्षा प्राप्त गर्ने ठाउँ भनेको यस विश्वविद्यालयको छ ।

स्नातक तहमा ८ सेमेष्टर सम्म जम्मा ३० देखि ३५ हजारसम्म मात्र लाग्ने भएकोले आजको दक्ष जनशक्ति उत्पादन गराउन यहाँहरुमा अपिल गरीन्छ । त्यसमा पनि २०४८ सालमा स्थापित समुदायद्धारा सञ्चालित उच्च शिक्षाको एकमात्र ठूलो शैक्षिक संस्था, त्तब्ब् प्रमाणपत्रको प्रक्रियामा रहेको, दक्ष, अनुभवि एवम् योग्य क्षमतावान तालिम प्राप्त प्राध्यापकबाट प्राध्यापनरत, ई–लाइब्रेरी सहित पुस्तकालको राम्रो व्यवस्था भएको, हरीयाली, शान्त वातावरणमा पठन पाठन गरीने, आधुनिक शैक्षिक प्रविधीको प्रयोगगरी शिक्षण गरीने, CCTV क्यामराबाट सुरक्षित भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक सरकारी क्याम्पसका रुपमा रुपान्तरीत यस वागेश्वरी बहुमुखी क्याम्पसमा भर्ना भई, गराई हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गरी सेमेष्टर प्रणालीको पठनपाठनमा सामेल हुन र गराउन अपिल गरिएको छ ।

यस क्षेत्रका प्रतिष्ठीत राजनीतिक दल, समाजसेवी सामेल भई नीति नियम तर्जुमा गरी सरकारी क्याम्पस बनेकोमा हाम्रो गौरव भएको महसुस होस् । अस्तु !

लेखक मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्यामपस कोहलपुरकाका उप प्राध्यापक हुनुहुन्छ ।