टमटमवालाको सहर नेपालगञ्ज,पेशा हरायो भेष हराएन

यस्तो छ टाँगाको इति–वृतान्त

 

नेपालगञ्ज मध्य तथा सुदुरपश्चिमको व्यापारिक केन्द्र हो । नेपालगञ्जका थुप्रै पहिचान छन । कसैले नेपालगञ्जलाई पश्चिम तराईको केन्द्र भनेर चिन्दछन । कसैले नेपालको सबैभन्दा धेरै गर्मी हुने ठाउँ भनेर चिन्दछन । मध्य र सुदुरपश्चिमका पहाडी जिल्ला जोड्ने हवका रुपमा रहेको नेपालगञ्ज धेरैजसो भारतीयहरुका लागि भने मानसरोवर जोड्ने केन्द्र हो ।

कैलाशको यात्रागर्न नेपलागञ्ज एउटा राम्रो केन्द्रका रुपमा स्थापित भएको छ । यतिले मात्र पुग्दैन नेपालगञ्जको परिचय । नेपालगञ्जलाई राम्रोसँग चिन्नेहरुका लागि यतिमात्र भन्दा कताकता केही न केही नपुगेको जस्तो वा नेपाली समाजमा उखानका रुपमा भनिने दालमा नुन नपुगेको जस्तो भइरहन्छ । उनीहरुले भन्छन नेपालगञ्ज टाँगा अर्थात टमटमवालाको सहर हो । नेपालगञ्जको नामलिँदा धेरैको दिमागमा टाँगाको याद आउँछ । उसो त लरिया पनि तराईको एक महत्वपूर्ण पहिचान हो ।

सवारी सहित कुदिरहेकाे टाँगा

टाँगाले एउटा युगको प्रतिनिधित्व गर्छ । यो लामो इतिहास बोकेको सवारी साधन हो । जतिबेला नेपालमा विद्युतीयकारहरु नै आएका थिएनन, त्यतिबेला देखि नै यातायातको एक महत्वपूर्ण साधनका रुपमा टाँगाको सुरुवात भएको थियो । जुन आज पर्यन्त टमटम कुदिरहेको छ निरन्तर ।

सवारी कुरिरहेकाे टाँगा

एक समय थियो–मध्यपश्चिमका पहाडी जिल्लाबाट मानिसहरु टाँगा नै हेर्नकालागि वा चढ्नका लागि मान्छेहरु नेपालगञ्ज झर्थे । टाँगा चढेर उनीहरु अनेक कथाबोकेर लैजान्थे पहाडतिर । तिनै कथा गाउँघरतिर सुनाएर दङ्ग पार्थे मानिसहरुलाई । तर, आज टाँगा करिव करिव लोपोन्मुखअवस्थामा छ । टाँगासँगै धेरै मानिसको रोजीरोेटी पनि संकटमा पुग्न लागेको छ ।

अचेल नेपालगञ्ज सहरले चोला फेरिसकेको छ । कुनै समय नेपालगन्ज उप महानगरपालिकाको सरस्वती उमाविको छेउमा सबैभन्दा ठूलो टाँगा स्टेशन थियो । तर, यो सुन्दा अहिलेका युवा पुस्ता कसैलाई पनि पत्यार लाग्दैन । भग्नावशेष अवस्थामा रहेको टाँगा स्टेशनमा अहिले फोहोरको डंगुर छ । यहाँ न टाँगा पाइन्छ त न कुनै टाँगा चलेको होलाभन्ने न कुनै अवशेष ।

पछाडि दुई वटा ठूला पाँग्रा, अनि अगाडि घोडाले तान्ने सवारी साधन हो टाँगा । एक हिसावले घोडाको पिठ्युमा बनाइएको चौतारी, त्यही चौतारीमा बसेर सरर यात्रागर्नु टाँगाको बिशेषता हो ।

पहिले पहिले नेपालगन्ज टाँगैटाँगाको सहर भनेर चिनिन्थ्यो। त्यहाँ टाँगा चलाएर जिन्दगी काट्ने मध्येका एक हुन रामई लोरी । ७५ वर्ष पुगेका लोरीले नेपालगञ्जमा करिव ४५ बर्ष टाँगा चलाए । उनका सहकर्मीहरु थिए मुन्नबाबु,असलम राई पनि । उनीहरुले पनि त्यसरी नै टाँगा चलाएर जिन्दगी धानेका थिए ।

रामई लोरीका अनुसार कुनैबेला नेपालगञ्जमा १२ सय टाँगा चल्थे । तर, अहिले १२ वटा टाँगा देख्न पनि मुस्किल छ । रामईलोरी सम्झन्छन, “१२ सय टाँगाहरु ओहोर दोहोर गर्दा कम्तिको रमाइलो हुँदैनथ्यो । टाँगाको चालक हुँदा मलाई छुट्टै गर्व लाग्थ्यो । तर, हेर्दाहेर्दै हराए टाँगा ।”

लोरीका अनुसार नेपालगन्ज सहरमा भारतको लखनउ सहर भन्दा राम्रा घोडा पाउथे । अनि राम्रा घोडासँग जोडिएका हुन्छ सुन्दर टाँगा । तिनै टाँगा चढ्न मात्रपनिभारत हुँदै नेपालगञ्जमा उति बेलै धेरै पर्यटकहरु आउथे । आधुनिक विद्युतीय सवारी साधनको विकास हुँदै जाँदा टाँगा हराउँदै गएका छन् ।

यससँगै एउटा सिंगो युगको इतिहास हराउन थालेको छ । लोरीलाई यसले निकै चित्त दुखाएको छ । उनी टाँगाको उचित व्यवस्थापन र संरक्षण गरिदिए हुन्थ्यो भन्ने ठान्दछन । यसकालागि छुट्टै रुट नै बनाएर चलाउन पाए नेपालगञ्जले पर्यटनमा राम्रो प्रगतिगर्न सक्ने उनको धारणा छ ।

यस्तो छ टाँगाको इति–वृतान्त

बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको इतिहाँससँग जोडिएको टाँगाको इतिवृतान्त निकै रोचक छ । भारत माइस्ट इन्डिया कम्पनीको शासन चलेका बेला उनीहरुले लखनउमा त्यहाँका आदिवासीले गरेको विद्रोह दबाउन नेपालका राणाहरुसँग सहयोग मागेका थिए ।

कम्पनी सरकारले सहयोग मागेपछि त्यतिबेला जंगबहादुर राणा आफै लखनउ पुगेको बताइन्छ । राणाहरुको सहयोगबाट लखनउ विद्रोह असफल पार्न अग्रेजहरु सफल पनि भए । विद्रोह असफल पार्न सहयोग गरेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिएको थियो । लखनउ गएपछि त्यहाँको सबै कुराबाट प्रभावित भए र तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले नेपालमा पनि त्यस्तै गन्ज (सहर) बनाउने सपना देखेका थिए ।

सोही सपना अनुसार जंगबहादुरले फिर्ता पाएको जमिन मध्ये बाँके जिल्लाको समथल फाँट छानेर एउटा गञ्ज बनाउन आदेश दिएका थिए । त्यही गञ्ज (सहर)लाई नेपालको गञ्ज भनेर चिनिन थालियो र अन्ततःत्यो नेपालगञ्ज बनेको बताइन्छ । त्यो समयमा कुनै आधुनिक सवारी साधन थिएनन् । राणा र राज परिवारबीचको सहमतिले त्यसैबेला देखिनै सवारी साधनका रुपमाटाँगाको विकास गरिएको हो ।

एक्कापछि यसरी आयो टाँगा

नेपालगञ्ज सहरका पुराना साछीहरु भन्छन दुई पांग्राभएको साधनलाई एउटा जनावरले तान्ने गरी बनाइएको त्यो सवारी साधनलाई त्यतिबेला एक्का भनिन्थ्यो । लामो समय यसको नाम एक्का नै रह्यो । त्यही एक्का समय बित्दै जाँदा, केही परिमार्जन र परिर्वतन हुँदै हालको टाँगा भएको हो ।

आधुनिक प्रविधि र सवारी साधनहरु प्रवेश गर्नुपूर्व नेपालगन्जमा टाँगा नै सर्वसाधारणका लागि उत्कृष्ट सवारी साधन थियो । नेपालगञ्जका उमर राय भन्छन, ‘सर्वसाधारण मात्र होइन,उहिले राजा र मन्त्रीहरू आउँदा पनि यही टाँगा चढ्ने गर्दथे ।”

टाँगाकाे लागि घाँस काटने घाँसियाहरू

पेशा हरायो भेष हराएन

सरोकारवालाको उदासिनले जिर्ण बनेको सदरलाईन स्थित टाँगा स्टेशन । देखाउदै स्थानिय टाँगाचालकहरुले दुखेशो गरे । बिकल्प बिहिन कसैको रोजीरोटीलाई सरकारले यसरी लुटन मिल्छ ?

टाँगा हराएसँगै टाँगावालाको पेसा त संकटमा परेको छ । टाँगाका लागि पालिएका घोडालाई धेरै घाँस चाहिन्थ्यो । त्यसकाकारण घासमण्डी समेत बनाइएएको थियो । थुप्रैले घाँस बेचेर आफनो जिवन धानी रहेका थिए । तर, अहिले घोडा नै नभएपछि उनीहरू पनि बेरोजगार बनेका छन ।

टाँगा हराउँदा टाँगा चलाउँनेको रोजगारी मात्रै खोसिएको छैन टाँगाका लागि घाँस काट्ने घसियारहरूको समेत पुख्र्यौली पेशा संकटमा परेको छ । टाँगा हराउँदा घँसियारको जीविका मात्र नभई ईतिहास पनि संकटमा परेको नेपालगन्ज महेन्द्रपार्क स्थित घास मण्डीका घँसियारा बताउँछन् । अहिले उनिहरु रोजीरोटी खोसिएको बताउँछन् ।

अस्तब्यस्त अबस्थामा रहेकाे नेपालगन्जकाे टाँगा पार्क

यस्तो छ पछिल्लो अबस्था

पशु स्वास्थ्यतालिमतथा परामर्श सेवा नेपालगन्जकाअनुसार पछिल्लो समय कमहुदै गएपनि केहिसमययताटाँगाको संख्यामा बृद्धी भएको बताइएको छ । सन २०१० मा २७३ संख्यामा रहेका टाँगा सन २०१२ मा घटेर २३५ मापुगेको थियो । भने सन २०१४ मा १९५ संख्यामा रहेकाटाँगा सन २०१६ मा १३५ रहेको छ । त्यस्तै सन २०१७ र १८ माह्वात्तै घटेर २५ वटामा झरेको टाँगाको संख्या २०१९ मा बढेर ४० पुगेको छ । यसले गर्दा केहिसमययताटाँगाको संख्यातुलनात्मक रुपमा घटेको बताइएको छ । उपमहानगरले हटाउने प्रक्रियाथालनी गरेसंगै टाँगाको दर्ता पनिबन्दगरिएको छ ।

अबशेष नै हटाउने मुडमा उप–महानगरपालिका

नेपालगन्जउपमहानगरपालिकाभने टाँगा सडकबाट हटाउने मुढमा छ । त्यसको संरक्षण गर्नेमाउपमहानगरपालिकासंग कुनै योजना छैन । उपमहानगरपालिका मेयर डा.धवलशमसेर राणा टाँगा हटेकै राम्रो भएको तर्क गर्छन । उनि भन्छन सडक दुर्घटना लगायत अस्तब्यस्त बनाउनेमा टाँगा नै प्रम्ख कारण भएको भन्दै हटेकै राम्रो छ । डा. राणा यसको संरक्षणमा उप–महानगरपालिकासंग कुनै योजना नभएको बताउछन । नेपालगन्जको पहिचानजोगाउँनतर्फ नेपालगन्जउपमहानगरपालिका समेत उदासिन रहेको प्रष्ट हुन्छ ।

बिस्थापन हैन ब्यवस्थापनको खाँचो

टाँगाको बिषयमा भने जानकारहरुका आ आफनै तर्क छन । पत्रकार शुक्रऋषी चौलागाई यसलाई संरक्षण गरेर लिनुपर्ने तर्क राख्छन । इतिहासको कोसेलीलाई पछिल्लो पुस्तासम्मा पुर्याउन टाँगाब्यवस्थापन गर्नु पर्ने जिकिर गर्छन । त्यस्तै नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरे अधारभुत साधान भएपनि अहिले मनोरन्जनको साधन भएको बताउछन । उनि आफना मौलिक इतिहासलाई बचाउनु पर्ने तर्क गर्छन ।

गैरे भन्छन मौलिक चिजहरु बतावरणा मैत्री थिए । धार्मीक युुगका सवारी साधान भएकोले यसलाई संरक्षण गर्नु इतिहासको संरक्षण गर्नु हो । गैरेको तर्क छ यसलाई बिस्थापन हैन ब्यवस्थापन गर्नुपर्छ । नेपालगन्जको पर्यटनको क्षेत्रलाई स्थापित गराउनेमाटाँगाको महत्वपुर्ण भुमिका रहने गैरेको भनाई छ ।
हेर्नुस भिडियाे