मोड्रिचलाई रातो कार्ड,रियालको विजयी सुरुआत

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुआत गरेको छ । सिजनको पहिलो खेलमा सिल्टा भिगोको सामना गरेको रियाल ३–१ को गोलअन्तरले विजयी भएको हो ।

सेल्टाभिगाको मैदानमा १२ औं मिनेटबाट अग्रता लिएको रियालले दोस्रो हाफमा २ गोल थपेको थियो । करीम बेन्जिमाको गोलबाट अग्रता लिएको रियालका लागि दोस्रो गोल टोनी क्रुसले गरेका थिए ।

६१ औं टोलीले टोलीलाई दिलाएको अग्रता खेल सकिन १० मिनेट बाँकी रहँदा लुकास भासक्विजले तेब्बर बनाए । ५६ औं मिनेटमा अनुभवी खेलाडी लुका मोड्रिच रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि रियाल १० खेलाडीमा सीमित भएको थियो ।

शालिन खेलाडीका रुपमा परिचित मोड्रिचले सिजनको पहिलो खेलमा नै रातो कार्डको सामना गरेका छन् । खेलको इन्जुरी समयमा सेल्टाभिगोका आइकर लोसडाले १ गोल फर्काएपनि हार टार्न सकेनन् । जितसँगै रियाल मड्रिडले ३ अंक जोडेको छ ।