किन लगाइयो मुख्यमन्त्रीलाई ३८१ दाना आर्गानिक स्याउको माला

कारण यस्तो छ

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको मुलुककै अग्लो झरना पचालझरनाको फेदीमा मुख्यमन्त्रीलाई ३८१ दानाको स्याउको माला लगाइएको छ । सोही गाउँ खार्दुमा उत्पादित स्याउको माला मुख्यमन्त्रीलाई लगाइएको हो ।

स्थानिय उत्पादनलाई प्रोत्सहान गर्न र मुलुककै अग्लो पचालझरनालाई स्थायीत्व दिन मुख्यमन्त्री शाहीलाई स्याउको माला लगाइएको पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले बताए ।

सेजुवालका अनुसार पचालझरनाको फेदमा पचालझरनाकै प्रचारप्रसारका लागि बिशेष गाउँसभा आयोजना गरिएको हाे ।

विशेष गाँउसभामा पचालझरनाको उचाइ ३ सय ८१ मिटर रहेको संकेत दिनलाई सोही संख्या बराबर स्याउको माला लगाइएको बताइएको छ ।


पचालझरना गाँउपालिकाले बिभिन्न मागहरु राख्दै १४ बुंदे मागहरु सहित ज्ञापनपत्र बुझाएका थिए।