आगोले दुबै हात जले उपचार गर्ने जोहो भएन !

चिन्तामा १४ बर्षिया शारदा

नेपालगन्ज, दैलेख दुल्लुकी शारदा थापाले उपचार गराउने रकम नपाउँदा समस्यामा परेकाे बताएकी  छिन् । थापाले न्युन आर्थीक अबस्थाका कारण अाफनाे उपचार हुन सकेकाे बताएकी हुन । 

दैलेख दुल्लुमा जन्मिएकी शारदा थापा भर्खरै १४ बर्षकी भइन । उनि करिब ६ महिनाको हुदा आगोले दुबै हात जले घरको आर्थीक अबस्था न्युन भएको कारण उपचार राम्रो भयन ।  उनको उपचार गर्न ५ लाखसम्म खर्च लाग्ने चिकित्सकको भनाइ छ। तर शाे रकम घरबाट जुटन सक्ने संभावना नरहेकाेले शारदा चिन्तामा छिन ।  शारदाले गरिबीका कारण उपचारका लागि सबैसँग सहयोगको याचना समेत गरेकी छन् ।

 घरको न्युन आर्थीक अबस्थाका कारण उनको साेचे जस्ताे  उपचार हुन सकेको छैन । दुबै हातका औला खुलाउनु पर्ने बाध्यता छ र तर उपयुक्त रकम नहुदा उनको हातका औँला खुल्न सकेका छैनन ।

सबै हातका औला बाउठिएका छन । बाउठिएका औला खुलाउन कम्तिमा ५ लाख खर्च हुने चिकित्सकले बताएका छन । उनको घरबाट ५ लाख जुटाउन सक्ने अबस्था छैन ।

उनि चिन्तित अबस्थामा छन त्यहि हात र औँलाका कारण एसइइमा समेत राम्रो परिणाम ल्याउन सकिनन ।

शारदाका बुवा लाल बहादुर थापाले छोरीको उपचार गर्न धेरै प्रयास गरेपनि नाजुक आर्थीक अभावले नसकेको बताए । थापाले सहयोगका लागि सबैसंग याचना समेत गरे ।

शारदा अहिले नेपालगन्ज कारकाँदो स्थित दिदिको घरमा बस्दै आएकी छन ।