चरिकोट अस्पतालद्धारा एचआइभी एड्सको निशुल्क उपचार सेवा सुरु

रामेछाप, दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमीक स्वास्थ्य केन्द्र प्रस्तावित चरिकोट अस्पतालले एचआइभी÷एड्सको निशुल्क उपचार सेवा सुरु गरेको छ ।

अस्पतालले आइतबारबाट जिल्लाबाटै एचआईभी÷एड्सको निशुल्क परिक्षण सँगै निशुल्क उपचार सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिए ।

अस्पतालमा एचआइभी÷एड्सको कार्यक्रम सञ्चालन भएपछि निशुल्क उपचार सेवा दिन थालिएको अस्पतालले जनाएको छ । डाक्टर दंगालका अनुसार दोलखाका करिव ७ जना एचआइभी÷एड्सका बिरामीले काठमाण्डौबाट औषधि सेवन गरिरहेका छन् । समाजमा गरिने घृणा एवं लाजका कारण उनिहरुले काठमाण्डौबाट नियमीत उपचार सेवा लिन बाध्य बनेका छन् ।

प्रस्तावित चरिकोट अस्पतालले सुरु गरेको एचआइभी÷एड्सको निशुल्क उपचार सेवाबाट एचआईभी÷एड्सका बिरामी र नयाँ प्रभावितले जिल्लाबाटै निशुल्क सहज उपचार सेवा प्राप्त गर्नेछन् ।

यसैबिच गत आर्थिक वर्ष १३ जना सर्पदंशका बिरामी उपचारका लागी अस्पताल आए पछि अस्पतालमा एन्टी स्नेक भेनम सेन्टर स्थापना गरिएको छ ।

उक्त केन्द्रबाट सर्पले टोकेका बिरामीको छिटो, छरितो र प्रभावकारी ढंगले निशुल्क उपचार गरिने अस्पतालले जनाएको छ । दोलखाको भिमेश्वर नगरपालिका, वैत्यश्वर गाउँपालिका लगाएतका क्षेत्रबाट सर्पदंशका बिरामी आउने गरेका छन् ।