अन्तरेबाले चर्चित ब्यक्ति झुलनाथ कडरियाको निधन

रामेछाप, रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं ६ खिम्ति निवासि अन्तरेबाले परिचित झुला नाथ कडरियाको निधन भएको छ। साउन ६ गते बिहान ०२स्१५ बजे उहाको निधन भएको हो।

उनले आयुर्बेदिक पद्धतिबाट बिरामिहरुको उपचार गर्दै आएका थिए। विभिन्न ठुला ठुला अस्पतालमा पनि ठिक नभएका बिरामिहरु उनको धोनिमा आएर उपचार गराएपछि ठिक भएर जाने गरेका थिए।

उनको निधनसगै सम्पूर्ण रामेछापबासि सोकमा डुबेका छन।