ग्रामीण सडक अबरुद्ध हुँदा राहत वितरणमा समेत समस्या

रामेछाप, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको कार्यसमिति बैठक सम्पन्न भएको छ । एक साताअघि अबिरल बर्षा सँगै आएको बाढी र पहिरोबाट पिडितहरुको राहत पुनःस्थापनाको समिक्षा र आगामी कार्ययोजना निर्माणका लागी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको कार्यलयमा सोमबार आयोजित बैठक सम्पन्न भएको हो ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा रेडक्रसले जिल्लामा गठित विपद व्यवस्थापन समिति र स्थानिय सरकार सँगको समन्वयमा जिल्लाका बाढी पिडितहरुलाई राहत तथा पुर्न स्थापनाका कार्य गर्दै आएको छ ।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले यसअघि सिन्धुलीको दुधौली नगरपालिकाका १५ पुर्ण क्षति र ३५ आशिंक गरी ५० र कमलामाई नगरपालिका ९ र १० का १५ घर परिवारलाई त्रिपाल, कम्मल, भाडा वर्तन, र कपडा वितरण गरेको छ ।

लगत्तै गोलन्जोर गाउँपालिका १ डुडभञ्ज्याङका २० घर परिवारलाई राहत वितरण गरिने रेडक्रस जिल्ला शाखा सभापति अशोक श्रष्ठले जानकारी दिए ।सुनकोशी, मरिण र फिक्कलमा क्रमश राहत वितरण गरिने सभापति श्रेष्ठले बताए । बाढी पहिरो पिडितका लागी राहत वितरण गर्न स्रोतको अभाव नभएको तर जिल्लाका ग्रामीण सडकहरु अबरुद्ध हुँदा राहत वितरणमा समस्या भएको उनले बताए ।

जिल्लाभर २ सय भन्दा बढी बाढी पहिरो पिडितको तथ्यांक संकलन भईसकेको र पिडितको तथ्यांक संकलन गर्ने काम भईरहेकाले पिडितको संख्या बढ्न सक्ने सभापति श्रेष्ठले बताए ।यसै बिच जिल्लाभर बाट मुचुल्का सहित बाढी पहिरो पिडितको बास्तविक तथ्यांक मंगलवार सम्म जिल्ला प्रशासन कार्यलयमा आउन सक्ने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

बास्तविक तथ्यांक आईसकेपछि राहत वितरण सुरु गरिने प्रजिअ गौतमले बताए ।सिन्धुलीमा विपद व्यवस्थापनका लागी प्रमुख जिल्ला अधिकारीको संयोजकतत्वमा मुख्य राजनितिक दलका प्रतिनिधि, सरकारी कार्यलय प्रमुख, सुरक्षा निकायका प्रमुख र स्थानिय सरकारका प्रमुख सहितको कार्यदल गठन गरिएको छ ।

संघिय सरकारले बाढी पहिरो बाट ज्यान गुमाएका पिडितका परिवारलाई जनही १ लाख प्रदेश सरकारले १ लाख र स्थानिय तहले आ आफनो नियमानुसार राहत वितरण गर्नेछन् ।साता अघि लगातारको बर्षा सँगै आएको बाढी पहिरोमा परि सिन्धुलीमा ५ जनाको ज्यान जानुका साथै ३ जना बेपत्ता र दुई जना घाईते भएका छन् ।