मुख्यमन्त्री बने नेकपाको कालीकोट इन्चार्ज

र्खेत- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कालीकोट इन्चार्जमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चयन भएका छन् । सोही सरकारमा रहेका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी जुम्ला जिल्लाको सह इन्चार्ज तोकिएका छन् ।

यस्तै प्रतिनिधिसभाका सांसद रहेका दैलेखका राजबहादुर बुढा दैलेखको सहइन्चार्ज बनेका छन् । मोहन बानियाँ पनि प्रतिनिधिसभा सदस्य नै हुन । सुर्खेतको इन्चार्जमा नरबहादुर विष्ट तथा सह इन्चार्जमा झकबहादुर मल्ल बन्दा दैलेखमा इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल तथा सहइन्चार्जमा राजबहादुर बुढा बनेका छन् ।

जाजरकोटमा ३ जना सह-इन्चार्ज बनेका छन् । सल्यानमा टेकबहादुर बस्नेत इन्चार्ज तोकिएका छन् भने सह-इन्चार्जमा गुलावजंग शाह जो प्रदेश सभामा नेकपाका प्रमुख सचेतक छन । रुकुम पश्चिममा इन्चार्जमा राजकुमार शर्मा तोकिए भने सह-इन्चार्जमा बसन्तकुमार शर्मा र शेरबहादुर केसी तोकिएका छन् ।

जाजरकोट इन्चार्जमा भैरवसुन्दर श्रेष्ठ तोकिएका छन भने सह इन्चार्जमा गोविन्द विक्रम शाह, निरज आचार्य र रामदीप आर्चाय चयन भए ।

जुम्लामा गजेन्द्रबहादुर महत जिल्ला इन्चार्ज तोकिए भने प्रदेश सरकारका मन्त्री नरेश भण्डारी सहइन्चार्ज बने । मुगुमा मोहन बानिया इन्चार्ज भए भने प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही सह इन्चार्ज भए ।

हुम्ला, कालिकोट र डोल्पामा इन्चार्ज मात्रै तोकिएको छ । जसमा हुम्लामा विजय भण्डारी, डोल्पामा हंश बहादुर शाही तोकिएका छन् ।