५० ग्राम लागु औषधसहित नेपालगञ्ज जमुनाहबाट एकजना पक्राउ

नेपालगञ्ज,बाँके ५० ग्राम लागु औषध सहित नेपालगन्ज भण्सार जमुनाह नाकाबाट एक जना पक्राउ परेका छन । लागु औषध सहित नेपालगन्ज १२ बेलासपुरका उपेन्द्र कुर्मि चौधरीलाई ५० ग्राम लागु औषध सहित इलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ गरेकाे हाे । 

नेपालगन्ज भन्सारमा चेकजाँचमा खटिएकाे बेला  कुर्मीलाई ५० ग्राम लागुऔषध मोटरसाइकलमा राखेर ल्याउदै गर्दा पक्राउ गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरिक्षक माधब रिजालले जानकारी दिए ।

रिजालका अनुसार दिउसो साढे २ बजे रुपैडियाबाट ल्याउदै गरेको अबस्थामा चेकजाँचका क्रममा फेला परेको बताइएको छ ।

कुर्मीबाट नौहजार भारतिय पैसा र १ सय अमेरिक डलर २ थान मोवाइल समेत बरामद गरेको बताइएको छ ।