नेपालगन्ज मेडिकल कलेजले गर्यौ वृहत् रक्तदान कार्यक्रम

५६ जना द्धारा रक्तदान

कोहलपुर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अन्तर्गतको बेसिक साईन्स कलेज चिसापानीमा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गर्मी यामको सुरुवात संगै नेपालगन्ज रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको बेलामा ‘जाती,धर्म र भूगोल भन्दा माथि उठी मानवताको प्रदर्शन, सामाजिक अन्तर सम्बन्ध बलियो पार्न हाम्रो साझा आह्वान’ भन्ने मुल नाराका साथ कलेजका कर्मचारी, अध्ययनरत विद्यार्थी र शिक्षक लगायत अन्य बिभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रम लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीका बिभागीय अध्यक्ष शेरेन्द्र कुमार सोनीको संयोजकत्वमा सम्पन्न भएको थियोे । त्यसै गरी प्रमुख अतिथिमा नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.मोदनाथ मरहट्ठा, बिशिस्ट अतिथिमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का निर्देशक डा. नितेश कुमार कनोडिया रहेका थिए ।

कार्यक्रममा एक जना महिला सहित ५६ जनाले रक्तदान गरेका थिए ।