कसले देख्नु ! छाडा पशुचौपायको रमिता छ बिच सडकमा

पत्याउनु भएन हेर्नुस तस्विरमा

नेपालगन्ज, बाँके नेपालगन्जकाे सुर्खेत राेड छाडा पशुचाैपायाका कारण अस्तब्यस्त हुने गरेकाे छ ।  नेपालगन्जको ब्यस्त सडकमा छाडा पशुचाैपाय हुदा दुर्घटना बढने गरेका समेत छन  ।  छाडा पशुचाैपायलाइ महानगरपालिकाले वास्ता नगर्दा दुर्घटना बढने गरेका स्थानियले बताएका छन । 

त्यसै त असुरक्षित र अव्यावस्थित छ नेपालगन्जको सडक, त्यही माथि बिच सडकमा छोडिएका छाडा चौपायहरुका कारण थप असुरक्षित बन्दै गइरहेको छ । नेपालगञ्जकाे बिच शहरमा छाडा पशुचैपायाकाे संख्या बडदाे छ । छाडा पशुचैपायाका कारण नेपालगञ्जकाे सडक असुरक्षित बनेकाे छ ।

खुला रुपमा पशु चौपाया छाडा छोड्ने काम नराेकिएपछि नेपालगन्जको मुख्य बजार तथा सडक लगायतका स्थानमा दुर्घटनाका घटना बड्नेर गरेका छन । पछिल्लो समय छाडा पशुचौपायाको बृद्धी भएसंगै नेपालगञ्जको मुख्य सडकहरुमा खुला चौपायाका कारण दुर्घटनाका घटना बडने गरेका हुन ।

यस तर्फ सराेकारवाला निकायले ध्यान नदिदा समास्या अाएकाे स्थानिय बताउछन । 

यस्तो भन्छ उप – महानगरपालिका

तर उप महानगरपालिका भने स्पष्ट याेजना भएकाे दावि गर्छ । निति छ याेजना छ काम हुदैछ उप महानगरपालिका नेपालगञ्जका सुचना अधिकारी शरद कुमार पौडेल भन्छन ३ जना उप महानगरपालिकाका कर्मचारीलाई खटाइसकेको छ । पाैडेलका अनुसार सोमबारसम्मा सबै छाडा पशुचौपायालाई हटाइसक्ने समेत दावि गरिएकाे छ ।

सुचना अधिकारी पौडेलले पशुचौपायालाई ब्यवस्थीत गर्न नेपालगञ्जको कुरैनामा ऐलानी जग्गा लिएर पशुचौपाया सेन्टर निमार्ण गर्न लागिसकेकाे बताए ।

पौडलले सेन्टरमा करिब ६० वटा खुला तथा छाडा पशु चौपाया जम्मा गरिसकेको समेत बताए । उनले नेपालगन्जका सडकमा भएका छाडा पशुचौपायलाई सोमबारसम्मा हटाइसक्ने दावी समेत गरे ।